मुख्य समाचार
कुवेतमा ६० हजार नेपाली घरेलु श्रमिक कार्यरत
कुवेतमा ६० हजार नेपाली घरेलु श्रमिक कार्यरत

। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले कुवेतमा ६० हजार नेपाली घरेलु श्रमिक कार्यरत रहेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले कुवेतमा मात्रै करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृतिविना कार्यरत रहेको बताए ।

उनीहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने गरेको उनको भनाइ छ । वैदेशिक रोजगार बोर्डमार्फत प्रदान गरिने सेवा सुविधा श्रम स्वीकृति लिएका श्रमिकका हकमा मात्रै पाउने गरेको तर श्रम स्वीकृतिविना गएका घरेलु श्रमिक उद्धारमा समस्या भइरहेको उनले बताए ।

कुनै अप्ठ्यारो परेको खण्डमा मानवीयताका आधारमा समाधान गर्ने काम भने गरिरहेको उनको भनाइ थियो ।

अहिले घरेलु श्रमिकका विषयमा नीतिगत ट्र्यापमा फसेको उनको भनाइ छ । २०७२ सालमा संसदीय समितिको निर्देशनमा घरेलु श्रमिक पठाउन प्रतिबन्ध लागेको छ । तर पनि भिजिट भिसामार्फत तथा अन्य देशबाट कुवेत लगायत देशमा घरेलु श्रमिकका रूपमा जाने गरेका छन् ।

सरकारबाट श्रम स्वीकृति प्रदान नगरिएपछि भारतको बाटो तथा दुबईसम्म भिजिट भिसामार्फत लगेर त्यहाँबाट कुवेत लगायत देशमा घरेलु श्रमिक जाने गरेका छन् । जसले गर्दा उनीहरू समस्यामा पर्दा उद्धार तथा राहतमा समस्या भइरहेको मन्त्री यादवले बताए ।

यो विषयमा गम्भीर भएर सरकार लागिरहेको र सम्बन्धित संसदीय समितिले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...
। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् । यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे । हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त ...
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम