मुख्य समाचार
राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो
राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई-पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ ।

आयोगले आज द राइजिङ नेपाल अंग्रेजी पत्रिकामा सार्वजनिक सूचना जारी गरी बयानका लागि उपस्थित हुन भनेको हो ।

अख्तियारले पासपोर्ट खरिदका दुई छुट्टाछुट्टै प्याकेजमा आबद्ध जर्मन कम्पनीहरु मुलबाउर र भेरिडोसका प्रतिनिधिलाई बोलाएको हो ।

पहिलो प्याकेज अन्तर्गत प्रि–एनरोलमेन्ट, एनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका मुलबाउर आईडी सर्भिसेज कम्पनीले कम्पनीका प्रतिनिधि गेरहार्ड माउर र पाभ्ले राकिकले हस्ताक्षर गरेका थिए ।

यसैगरी दोस्रो प्याकेज अन्तर्गत क्वालिटी कन्ट्रोल र प्याकिङ सिस्टमका लागि भेरिडोस कम्पनीका प्रतिनिधि फेबियोला बेलरशेम र फ्लोरियन पास्क्लिनले हस्ताक्षर गरेका थिए ।

त्यसैले अख्तियारले यी हस्ताक्षरकर्ताको नाम-ठेगाना नै किटान गरी बयानमा उपस्थित हुन भनेको छ ।

उनीहरुलाई आयोगले टंगालस्थित केन्द्रीय कार्यालय वा भर्चुअल माध्यमबाट ‘तोकिएको समयसीमा भित्र’ उपस्थित हुन भनेको छ । तर पत्रिकामा प्रकाशित सूचनामा भने समयसीमा खुलाइएको छैन ।

यसअघि ती कम्पनी र सम्झौताका हस्ताक्षरकर्ता प्रतिनिधिहरुलाई इमेलमार्फत समेत जानकारी गराइसकेको सूचनामा उल्लेख रहेकाले सम्भवत: इमेलमा समयसीमा उल्लेख गरेको अनुमान गर्न सकिन्छ ।

अख्तियारले यो सार्वजनिक सूचनालाई बेवास्ता गरेर वयानका लागि उपस्थित नभएमा नेपालको प्रचलित कानूनबमोजिम थप कानूनी कारबाही अगाडि बढाइने स्पष्ट पारेको छ ।

नेपाल सरकारको महत्वपूर्ण र संवेदनशील मानिने विद्युतीय राहदानी सम्बन्धी खरिद प्रक्रियामा भएको भनिएको अनियमिततामा संलग्न भएको आरोपमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई असार २ गते पक्राउ गरेको थियो ।

के हो ई-पासपोर्ट अनियमितता ?

पाँच वर्षका लागि ६४ हजार थान ई-पासपोर्ट खरिद गर्न मंसीर, २०८१ मा राहदानी विभागले डेढ महिनाको समयसीमा तोकेर टेण्डर निकालेको थियो ।

केही निश्चित कम्पनीहरुलाई लाभ र अनुकुल हुने गरी शर्त राखेको भेटिएपछि बोलपत्रमाथि नै विवाद भएको थियो । नेपालमा पहिलेदेखि नै राहदानी आपूर्ति गर्दै आइरहेको आइडिमियालाई अनुकुल हुने गरी शर्त राखिएको भन्दै उनीहरुले विरोध गरेका थिए ।

प्रतिस्पर्धालाई सीमित गरेर टेण्डर निकालिएको भन्दै विभिन्न कम्पनी र सरोकारवालाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमनको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अनि राज्य व्यवस्था तथा सुशासन समितिमा समेत उजुरी गरेका थिए ।

उजुरीमाथिको अनुसन्धान अघि बढ्न नसकेका बेला राहदानी विभागले दुई हिस्सामा गरी ६ अर्ब ११ करोड अनि एक अर्ब ५५ करोड रुपैयाँमा पासपोर्टको दुई प्याकेज ठेक्कामा दिएको थियो ।

अख्तियारसम्वद्ध स्रोतका अनुसार, टेण्डर अघि बढ्नासाथ पूर्व परराष्ट्रमन्त्री आरजु देउवा, उनका छोरा जयवीर, व्यवसायी मनिन्द्रराज मल्ल लगायत त्यतिबेला राष्ट्रपतिका राजनीतिक सल्लाहकार समेत रहेका सुनिल थापा एवं केही व्यवसायीहरुले हस्तक्षेप गरेर अनियमितता गरेको भनी उजुरीहरु परेका थिए ।

तर टेण्डर प्रक्रियामा अहिलेसम्म सुनिल थापा (हाल राष्ट्रिय सभा सदस्य)को कागजी संलग्नता नदेखिए पनि उनका छोरा सिद्धार्थ थापाको भूमिकामाथि भने प्रश्न उठिरहेको छ । केही व्यवसायीका साथै परराष्ट्र मन्त्रालयका केही उच्च पदस्थ अधिकारीहरुमाथि समेत निगरानी बढाइरहेको अख्तियार स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को संशोधन प्रक्रिया सुरु भइसकेको बताएकी छिन् । बुधवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् । मन्त्री वादीले महिलाविरुद्ध हुने कुनै पनि किसिमको कार्यलाई कानून बमोजिम दण्डनीय बनाई ...
। आगलागीबाट घाइते भएर उपचाररत रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ रैतेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रैतेका ३९ वर्षीय थमबहादुर सार्कीले बुधबार मृत्यु भएको हो । उनले दिउँसो आफू सुत्ने कोठामा आफैं आगो लगाएको प्रहरीले जनाएको छ । उक्त आगोमा उनी गम्भीर रूपमा जलेका थिए । घटनामा सार्कीको अनुहारलगायत शरीरका विभिन्न भाग ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुनहरु निर्माण गर्न मन्त्रीहरुलाई अनुरोध गरेकी छन् । बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आगामी दिनमा आवश्यक पर्ने कानून निर्माणका विषयमा छलफल गर्दै मन्त्री गौतमले प्राथमिकताक्रम निर्धारण गरी विधेयकहरु तयार गर्न आग्रह गरेकी हुन् ...
। यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराएकी हुन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् । श्रम संस्कृति पार्टीका अध्यक्ष ...
। सत्तारुढ रास्वपा सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएकी हुन् । ‘अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ ...