मुख्य समाचार
नेपाल पर्यटन बोर्ड र टिकटकको आयोजनामा कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना हुने
नेपाल पर्यटन बोर्ड र टिकटकको आयोजनामा कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना हुने

। नेपाल पर्यटन बोर्ड र टिकटकको आयोजनामा कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना हुने भएको छ ।

पर्यटन क्षेत्रमा सक्रिय ३०० सरोकारवालाका लागि ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना हुने बोर्डले जनाएको छ । सरोकारवालाको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १० देखि १२ असारसम्म बोर्ड परिसरमा ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना हुने भएको हो ।

पर्यटन बोर्ड र टिकटकले नेपालको प्राकृतिक, सांस्कृतिक, साहसिक तथा जीवनशैली सम्बन्धी पर्यटन अनुभव विश्वव्यापी डिजिटल प्ल्याटफर्म मार्फत प्रवर्द्धन गर्दै आएका छन् ।

सहकार्य थप सशक्त बनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यशालामा पर्यटन व्यवसायी तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सहभागी हुने बोर्डले जनाएको छ ।

कार्यशालामा सहभागीलाई उनीहरूको कार्यक्षेत्रका आधारमा समूह विभाजन गरी एकदिने गहन प्रशिक्षण प्रदान गरिने छ । कार्यक्रममा ट्राभल स्टोरी टेलिङ, छोटो भिडियो निर्माण, दर्शक सहभागिता अभिवृद्धि, गन्तव्य ब्रान्डिङ तथा डिजिटल प्ल्याटफर्मको प्रभावकारी प्रयोग मार्फत पर्यटन प्रवर्द्धन सम्बन्धी व्यावहारिक ज्ञान तथा सिप प्रदान गरिने भएको छ ।

टिकटकका विज्ञ प्रशिक्षकले सहजीकरण गर्ने उक्त प्रशिक्षणले सहभागीलाई अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारलाई लक्षित गरी प्रभावकारी पर्यटन सामग्री सिर्जना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।

पर्यटन बोर्डले पर्यटन क्षेत्रका सरोकारवालालाई आधुनिक डिजिटल सामग्री निर्माण सम्बन्धी सिप प्रदान गर्नु नेपालको पर्यटन गन्तव्यको अन्तर्राष्ट्रिय पहुँच बढाउन तथा देशका विविध पर्यटन अनुभव विश्वसामु प्रामाणिक र आकर्षक ढंगले प्रस्तुत गर्न महत्त्वपूर्ण हुने विश्वास लिएको छ ।

पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले नेपालका विविध पर्यटन अनुभव अझ प्रभावकारी र आकर्षक ढंगले विश्वसामु प्रस्तुत गर्ने लक्ष्य अनुसार कार्यक्रम आयोजना गर्न लागेको बताए ।

बोर्डका अनुसार कार्यशालामा सहभागी हुन इच्छुकले पर्यटन बोर्डको आधिकारिक दर्ता पोर्टल मार्फत आवेदन दिन सक्ने भएका छन् । आवेदन ७ असारसम्म पेस गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...