मुख्य समाचार
बस दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा रोशी गाउँपालिकाले आगामी असार ५ गते शुक्रबार शोक विदा दिने निर्णय
बस दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा रोशी गाउँपालिकाले आगामी असार ५ गते शुक्रबार शोक विदा दिने निर्णय

। बीपी राजमार्गअन्तर्गत नमोबुद्ध-२ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा रोशी गाउँपालिकाले आगामी असार ५ गते शुक्रबार शोक विदा दिने निर्णय गरेको छ ।

गत जेठ २९ गते दिउँसो भएको दुर्घटनामा परी रोशी गाउँपालिकाका ७ जना स्थानीय नागरिकसहित कुल ८ जनाको घटनास्थलमै मृत्यु भएकोले गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै आफ्ना मातहतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थाहरूमा सार्वजनिक विदाको घोषणा गरेको हो ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा हस्ताक्षरित वक्तव्य भनिएको छ, ‘यस दुःखद् घडीमा पालिका कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू, इमर्जेन्सी बाहेकका स्वास्थ्य संस्थाहरूलगायत गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको र दुर्घटनामा आफ्ना नागरिकहरूले अकालमा ज्यान गुमाउनु परेकोमा रोशी गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।”

साथै, दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । त्यस्तै, गाउँपालिकाले दुर्घटनामा परेर मृत्यु भएकाका परिवारलाई जनहि पचास हजार रुपैयाँ दिने समेत निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले मृतकको किरिया खर्चको लागि सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

गत जेठ २९ गते दिउँसो बीपी राजमार्ग हुँदै रोशी ८ को खार्पाचोक हुँदै रोशी ६ को सुगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको पूर्व अरनिको यातायातको यात्रुवाहक बस दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराएकी हुन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् । श्रम संस्कृति पार्टीका अध्यक्ष ...
। सत्तारुढ रास्वपा सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएकी हुन् । ‘अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ ...
। वैदेशिक रोजगार व्यवसायीले साउदी अरबले नेपाल सरकारसँग पर्याप्त समन्वय नगरी काठमाडौंमा सञ्चालन गर्न लागेको श्रमिक सिप परीक्षण प्रमाणीकरण केन्द्रको विरोध गरेका छन् । साउदीले बुधबार काठमाडौं बसुन्धरास्थित केन्द्रबाट सामान्य श्रमिकका लागि सिप परीक्षण कार्यक्रम सुरु गर्ने तयारी गरेको थियो । उद्घाटन कार्यक्रम चलिरहेकै बेला व्यवसायीहरू केन्द्र पुगेर विरोध प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शन क्रममा उनीहरूले ‘सिप ...
। पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे लुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले सडकमा दुईतर्फी यातायात सञ्चालन भइरहेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न ...
। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिएकी छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न सरकार प्रतिबद्ध ...