मुख्य समाचार
झापाका चिया उद्योग बन्द, करिब ६० हजारले रोजगारी गुमाउँदै
झापाका चिया उद्योग बन्द, करिब ६० हजारले रोजगारी गुमाउँदै

: झापाका सम्पूर्ण चिया उद्योगहरू भोलि (बिहीबार)देखि बन्द हुन] भएको छ । उद्योग बन्द हुने भएपछि करिब ६० हजार कर्मचारी तथा मजदुरले रोजगारी गुमाउने भएका छन् । जिल्लामा एउटा सरकारी र चारवटा सहकारी गरी ३२ वटा चिया उद्योग रहेका छन् ।

मे १२ तारिखमा भारतीय चिया बोर्ड र वाणिज्य विभागको संयुक्त बैठकले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा गम्भीर समस्या उत्पन्न भएको भन्दै भोलि झापाका सम्पूर्ण चिया उद्योग बन्द गर्न लागेको नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष आदित्य पराजुलीले बताए ।

भारतीय नयाँ नीति एसओपीको कारण इलामका ५३ वटा अर्थोडक्स चिया उद्योगहरू गत असार १ गतेदेखि नै बन्द भइसकेको छ । संघले बुधबार गरेको पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष पराजुलीले नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबर रहेको जनाएका छन् ।



जसबाट करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात भइ विदेशी मुद्रा आर्जन भइरहेको छ । साथै चिया उद्योगले करिब ६० हजार कर्मचारी तथा मजदुरलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको अध्यक्ष पराजुलीको भनाइ छ ।

भारतीय चिया बोर्डले नयाँ (एसओपी) लागू गरेपछि नेपाली चिया निर्यातमा ठूलो अवरोध सिर्जना बताउँदै उनले भने,‘विभिन्न प्रकारका गुणस्तर परीक्षण,जटिल प्रक्रिया तथा भण्डारणसम्बन्धी व्यवस्थाका कारण नेपालबाट भारततर्फ चिया निकासी हुन नसकेको डेढ महिना भइसक्यो ।’

भन्सार नाकाबाट निर्यात भइसकेको तयारी चियासमेत भारतीय खरिदकर्ताको गोदाममा राख्नुपर्ने हुन्छ । भारतीय चिया बोर्डले सो चियाको नमुना परीक्षण गराउने लैजाने र परीक्षण रिपोर्ट आउन २० देखि २५ दिनसम्म लगाउने गरेको कारणबाट गोदाममा थन्काइएको चियाको गुणस्तरमा समेत क्षति भइरहेको छ ।

ल्याब रिपोर्टमा चियाको गुणस्तर कमजोर देखिएको खण्डमा गोदामको चिया नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियमहरू भारतीय पक्षले थपिदिएकोले नेपाली चिया उद्योगमा संकट आइपरेको उनले बताए । यहाँका उद्योगले भारत पठाएको चियाको पैसा पाउने हो कि होइन अब टुङ्गो छैन । चियाको परीक्षणकाल भरिको गोदाम भाडा पनि उद्योगीले स्वयम तिर्नुपर्ने अनिवार्य गरिएको छ ।
‘यस्तो नीतिले नेपाली चिया अब भारत पठाउन सकिँदैन,’उनले भने,‘भारतीय खरिदकर्ताले पनि नेपाली चिया खरिद नगर्दा चिया उद्योगहरूको गोदाममै चिया थन्काएर उद्योग बन्द गर्नुपर्‍यो ।’

चिया गोदाममा थन्किदा किसानलाई हरियो चिया पत्तीको मूल्य,विद्युत् महसुल तथा मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका दायित्व समयमै भुक्तानी गर्न नसक्ने अवस्था सृजना भएको छ । सरकारले चिया क्षेत्रमा आइपरेको समस्याहरूको तत्काल समाधान नगरे चिया उद्योग नखोल्ने संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले जानकारी दिए ।

यता नेपाली चिया निर्यात प्रभावित भएको भन्दै समस्या समाधानका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालय झापामार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । संघका अध्यक्ष आदित्य पराजुलीको नेतृत्वमा पुगेका टोलीले सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई सो ज्ञापन पत्र बुझाइएको संघका महासचिव शुक्र दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले ‘ओभर–द–टप’ (ओटीटी) प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै डिजिटल प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो। सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ‘ओटीटी ...
: पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन्। उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिएका हुन्। स्वास्थ्य उपचारका क्रममा नेपालबाहिर रहेका देउवा दम्पतीले विभागको अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाइएको ४ ...
: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कुटनीतिक माध्यमबाट पहल भइरहेको बताएकी छन् । बुुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले चिया निर्यातमा देखिएका प्रविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिएकी हुन् । चिया तथा अलैँची लगायत ...
: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले चिया पिएको भिडियो त देखिएको तर, चिया किसान र उद्योगको समस्या समाधानका लागि चासो देखाएको नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले छिमेकी देश भारतले नेपालको चिया निर्यातमा अवरोध सिर्जना गर्दा पूर्वी जिल्लाहरुका उद्योगहरु बन्द अवस्थामा रहेको बताए । उनले ...
: युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताएका हुन् । उनले फ्री भ्रिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरु ...