: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको आफ्नो अभिव्यक्तिबारे सांसदको प्रश्नको जवाफ कर्तव्यवोध गर्दै दिनु पर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदहरु उठेका थिए ।
विपक्षी दलका सांसदहरु बैठकको शुरुमै उठेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले सांसद हर्क साम्पाङलाई बोल्न समय दिएका थिए । त्यसपछि सांसद साम्पाङले प्रधानमन्त्रीसँग आफूहरुको प्रश्न भएको बताउँदै सीमाको विषयमा दिएको अभिव्यक्तिको जवफा प्रधानमन्त्रीले संसदमै आएर दिनु पर्ने बताए । उनले सुकुम्बासीको जतिसक्दो छिटो सििह व्यवस्थापन हुनुपर्ने बताएका छन् ।