मुख्य समाचार
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए

: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री तिमिल्सिनाले स्वतन्त्रतामाथि निरन्तर हस्तक्षेप भएको भन्ने सांसदहरुको प्रश्नमा सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको जवाफ दिएका हुन् ।

उनले सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलापलाई सहन तयार नरहेको र कसैले प्रेस स्वतन्त्रतामाथि कुनै कदम उठाएको भए सरकार त्यसका विरुद्ध काम गर्न तयार रहेको प्रतिबद्धता समेत जनाए । आमसञ्चार क्षेत्रलाई मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन नीतिगत तथा कानुनी सुधारका लागि ऐन कानुनमा समसामयिक संशोधन गर्न तथा नयाँ कानून तर्जुमा गर्ने काम सुरु भइरहेको उनले बताए ।

निजी सञ्चारमाध्यम र श्रमजीवि पत्रकारहरूको हक अधिकारको विषयमा आन्दोलनमा रहेको बिषयमा मन्त्री तिमिल्सिनाले सूचना तथा प्रसारण विभागमा यससम्बन्धी समस्या समाधानको लागि कार्य भइरहेको र बाँकी विषयहरूमा गम्भीरतासहित मन्त्रालय अघि बढेको जानकारी दिए । उनले मोबाइल नेटवर्कको गुणस्तर मूल्यांकन गरी सुधारका लागि नियमित रूपमा नेटवर्क अनुगमन, ड्राइभ टेस्ट र नेटवर्क अप्टिमाइजेसन जस्ता कार्य सञ्चालन गर्दै आइरहेको बताए ।

मन्त्री तिमिल्सिनाले ग्राहकका गुनासोका आधारमा समस्याको विश्लेषण गरी आवश्यक सुधारात्मक कार्यहरू कार्यान्वयन गर्दै सेवाको गुणस्तर अभिवृद्धि गर्ने काम समेत भएको उल्लेख गरे । साइबर सुरक्षा, डेटा अर्थतन्त्र, डिजिटल पूर्वाधार आर्थिक अर्थतन्त्रका मेरुदण्ड भएकोले प्रयाप्त बजेट छुट्याइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले ‘ओभर–द–टप’ (ओटीटी) प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै डिजिटल प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो। सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ‘ओटीटी ...
: पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन्। उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिएका हुन्। स्वास्थ्य उपचारका क्रममा नेपालबाहिर रहेका देउवा दम्पतीले विभागको अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाइएको ४ ...
: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कुटनीतिक माध्यमबाट पहल भइरहेको बताएकी छन् । बुुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले चिया निर्यातमा देखिएका प्रविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिएकी हुन् । चिया तथा अलैँची लगायत ...
: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले चिया पिएको भिडियो त देखिएको तर, चिया किसान र उद्योगको समस्या समाधानका लागि चासो देखाएको नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले छिमेकी देश भारतले नेपालको चिया निर्यातमा अवरोध सिर्जना गर्दा पूर्वी जिल्लाहरुका उद्योगहरु बन्द अवस्थामा रहेको बताए । उनले ...
: युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताएका हुन् । उनले फ्री भ्रिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरु ...