मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित नतिजा व्यहोरेको नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस
प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित नतिजा व्यहोरेको नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस

। प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित नतिजा व्यहोरेको नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ ।

निर्वाचन समीक्षा तथा पार्टी पुर्नगठन सम्बन्धि सुरु गरेको छलफलमा नेताहरुले केन्द्रदेखि वडासम्मकै नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाएका हुन् । विराटनगरमा मंगलबार भएको प्रदेश स्तरीय समीक्षा बैठकमा नेताहरुले अहिलेको नेतृत्वबाट एमाले अब चल्न नसक्ने बताएका छन् ।

भेलामा सहभागी नेताहरुका अनुसार सुझाव संकलनका क्रममा अधिकांश जिल्ला अध्यक्ष नेतृत्व पुनर्गठन गरेर अघि बढ्नुपर्ने पक्षमा उभिएका छन् ।

इलामका अध्यक्ष सहभागी थिएनन् भने झापाका अध्यक्ष प्रेम गिरीले भने पुनर्गठनको बहसप्रति असन्तुष्टि जनाए । ‘पुनर्गठनको विषय धेरै हतारिने विषय होइन, भर्खरै महाधिवेशन सकेर आएका छौं, यस्तो बेलामा किन धेरै हतारिनुपर्‍यो,’ उनले भने, ‘निर्वाचनको २–३ महिनामा नभइ मतदातामा पश्चताप सुरु भयो, यति छिट्टै पुनर्गगठनमा किन हतारिनुपर्‍यो भन्ने हो ।’

एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापा बाहेक अन्य जिल्लाबाट बोलेका अध्यक्षहरूले अहिलेकै नेतृत्व लिएर अघि बढ्न नसक्ने बताएका छन् ।

‘केही साथीहरुले सिधै भन्नुभयो, केही साथीहरुले घुमाउरो रुपमा अहिलेको नेतृत्वबाट आन्दोलन अघि बढ्न सक्दैन भन्ने नै थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘प्रश्न अध्यक्ष केपी ओलीको मात्रै होइन, नेतृत्वमा भएका सबैमाथि थियो ।’

एमाले नेता विनोद ढकालले त महाभारतको युद्धमा अर्जुनको गाण्डीव नचलेको प्रसंग निकाल्दै अहिलेको नेतृत्वले पार्टी चलाउन नसक्ने बताएका छन् ।

‘महाभारत युद्ध सकिएपछि फर्कने क्रममा अर्जुनको गाण्डीवले काम गर्न सकेन,’ समीक्षा बैठकमा ढकालले भनेका थिए, ‘अध्यक्ष मात्रै होइन, एमालेका पाण्डवहरु (पदाधिकारी) सबैको उपदायेतामाथि आन्दोलनले प्रश्न चिन्ह उठाएको छ ।’

नेतृत्वको विषयमा गम्भीर समीक्षा गरेर अघि बढ्नु पर्ने उनले बताएका थिए । ‘जसरी आज इतिहासको कथा सुन्दा गर्व लाग्छ, वर्तमान चाहिँ भिल्लहरूसँग अर्जुनले लड्न नसकेको जस्तै हो,’ उनले भनेका थिए, ‘अहिले यो अनुहार लिएर नेपालको कम्युनिष्ट आन्दोलन पुनर्गठित हुनसक्दैन, यो ग्राउण्ड रियालिटी हो ।’

कोही रिसाउने र खुसाउने भन्दापनि आन्दोलनलाई अघि बढाउनका लागि नेतृत्व पुनर्गठन गर्नुपर्ने उनले बताएका थिए । पदाधिकारीमाथि नै पश्न उठाउँदा उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल त्यहीँ थिए ।

अध्यक्ष ओलीले बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा चुनावी धक्काको प्रमुख कारण ‘डिजिटल कमजोरी’ रहेको तर्क गरेका थिए ।

आफ्नो नेतृत्वको सरकारले हासिल गरेका विकास र सुशासनका उपलब्धिहरू जनतासम्म पुर्‍याउन नसक्नु र विपक्षीले चलाएको ‘भ्रमपूर्ण प्रचार’ को प्रभावकारी प्रतिवाद गर्न नसक्नु नै हारको मुख्य कारक रहेको ओलीले बताएका थिए ।

‘हाम्रो सरकारले गरेका असाधारण कामहरूलाई लिएर विपक्षीले भ्रम फैलाए,’ उनले भनेका थिए, ‘हामीले सत्यको प्रचार गर्न सकेनौं र हाम्राविरुद्ध भएका असत्य र गलत प्रचारको समयमै खण्डन गर्न पनि सकेनौं ।’

अध्यक्ष ओलीले संविधान निर्माणदेखि नै एमालेले अनेक अवरोध छिचोल्दै आएको स्मरण गरे । छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित र सुदृढ बनाउनुका साथै सामाजिक सुरक्षा र विकासका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको दाबी गरे।

पार्टीविरुद्ध योजनाबद्ध ढंगले फैलाइएका भ्रमले एमालेलाई बदनाम गराउन भूमिका खेलेको ओलीको जिकिर थियो । भदौ २४ गतेको आगजनी र हिंसात्मक घटना एमालेविरुद्धको षडयन्त्र भएको बताउँदै उनले भने, ‘सुनियोजित रूपमा आतङ्क र भ्रमको वातावरण सिर्जना गरेर एमालेको छवि बिगार्ने कोसिस भयो ।’

एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडा समीक्षा बैठक एमालेलाई कसरी राम्रो र जनमैत्री पाटी बनाउने भन्ने विषयमा केन्द्रीत भएको बताउँछन् । ‘धेरै साथीहरूले बोल्नु भयो, सबैको कुरा एमालेलाई कसरी राम्रो पार्टी बनाउने भन्ने छ,’ उनले भने, ‘एक–दुई जनाले नेतृत्व पुनर्गठनको कुरा पनि उठाउनु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियामा रोजगारी वा बसाइँसराइको व्यवस्था मिलाइदिने भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गतिविधि बढ्दै गएको छ । केही ब्रोकर तथा व्यक्तिहरूले दक्षिण कोरिया पठाइदिने, रोजगारी दिलाइदिने वा बसाइँसराइको प्रक्रिया मिलाइदिने भन्दै ठूलो रकम असुल्ने प्रयास गर्दै आएको पाइएपछि काठमाडौंस्थित कोरियाली राजदूतावासले एक सूचना जारी गर्दै सचेत रहन भएको छ । दूतावासले त्यस्ता व्यक्ति वा संस्थाको सम्पर्कमा ...
। सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएकी एक जना महिला कैदीबन्दी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ कि ४८ वर्षीया रमा चौलागाईं छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । चेक अनादारका २ मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले ४ वर्ष कैद र तोकेको थियो । उनी जेनजी आन्दोलनको क्रममा ...
। चितवनबाट अपहरणमा परेका एक जना बालकको उद्धार भएको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । अपहरणमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँच जना नै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
। चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू लामो समयदेखि नेतृत्वविहीन अवस्थामा छन् । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ जारी गरेसँगै प्रतिष्ठानका पदाधिकारी बर्खास्त भए । तर डेढ महिना बितिसक्दा पनि पदाधिकारी नियुक्ति प्रक्रिया अलमलमै छ । जसका कारण प्रतिष्ठानको दीर्घकालीन ...
। रास्वपा महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् । मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफूले नियुक्ति प्रक्रियामा नभइ पार्टीको आन्तरिक टिकट वितरणका लागि नम्बर थपिने कुरा गरेको बताएका हुन् । विश्वविद्यालयको उपकुलपति छनोट गर्न सरकारले बनाएको योग्यता प्रणाली भन्दा फरक हुने गरी रास्वपा महामन्त्री बुर्लाकोटीले अभिव्यक्ति दिएको भन्दै आलोचना भएको ...