मुख्य समाचार
इरानमा लगानी बढाउन ३०० अर्ब डलरको कोष प्रस्ताव
इरानमा लगानी बढाउन ३०० अर्ब डलरको कोष प्रस्ताव

। अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि आगामी शुक्रबार औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर हुने तयारी भएको छ ।

यसै पृष्ठभूमिमा इरानमा आर्थिक लगानी प्रवाह गराउने उद्देश्यले ३०० अर्ब अमेरिकी डलरको एउटा ठूलो निजी कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ, जसलाई दुई देशबीच भएको प्रारम्भिक सम्झौताको ढाँचामा समावेश गरिएको छ ।

रोयटर्सले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, दुवै पक्षलाई अन्तिम शान्ति सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन गर्ने उद्देश्यले यो कोष तयार गरिएको हो ।

आगामी शुक्रबार हुने औपचारिक हस्ताक्षरको संवेदनशीलतालाई ध्यानमा राख्दै अहिलेसम्म यो योजनाको विस्तृत विवरण गोप्य राखिएको छ । उक्त प्रस्तावित रकममध्ये आधाभन्दा बढीको लगानी प्रतिबद्धतासमेत भइसकेको समाचारमा उल्लेख छ ।

स्रोतका अनुसार यो नयाँ कोष कुनै सरकारी अनुदान वा युद्धको क्षतिपूर्ति कार्यक्रम नभएर विशुद्ध निजी लगानी संयन्त्र हुनेछ । यसमा दक्षिण कोरिया, जापान, सिंगापुर, मलेसिया र अमेरिकाका निजी कम्पनीहरूले लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

यो रकम इरानको ऊर्जा, ढुवानी, उत्पादन, यातायात, स्टिल उद्योग, तेल प्रशोधन केन्द्र र विमानस्थल जस्ता पूर्वाधार क्षेत्रका आयोजनाहरूमा लगानी गरिनेछ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि दुई देशबीच युद्ध सुरु भएको थियो । तर, गत आइतबार अमेरिकी र इरानी अधिकारीहरूबीच युद्ध अन्त्य गर्ने रूपरेखामा सहमति जुटेको थियो ।

सहमतिअनुसार अमेरिकाले इरानमाथिको नाकाबन्दी अन्त्य गर्नेछ भने विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग मानिने ‘होर्मुज जलडमरूमध्य’ (स्ट्रेट अफ होर्मुज) पुन: खुला गरिनेछ ।

इरानको माग र कोषको पृष्ठभूमि

इरानले सुरुमा युद्धबाट भएको क्षतिको क्षतिपूर्तिस्वरूप अमेरिकासँग ४०० अर्ब डलर माग गरेको थियो । तर, वासिङ्टनले उक्त सरकारी रकम दिन अस्वीकार गरेपछि मध्यमार्गी उपायका रूपमा यो निजी कोषको अवधारणा अघि सारिएको हो ।

‘पुनर्निर्माण तथा विकास कोष’ नाम प्रस्ताव गरिएको यो संयन्त्रअन्तर्गत क्षेत्रीय देशहरूले ऋणको प्रत्याभूति, कर्जा सुविधा वा प्रत्यक्ष लगानीमार्फत योगदान गर्नेछन् ।

मध्यपूर्वकै ठूलो अर्थतन्त्रहरूमध्ये एक भए पनि इरानले विगत चार दशकदेखि अमेरिकी तथा अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण उल्लेख्य विदेशी लगानी आकर्षित गर्न सकेको छैन ।

विश्वकै दोस्रो ठूलो प्राकृतिक ग्यास र चौथो ठूलो प्रमाणित तेल भण्डार भएको इरानमा ९ करोड २० लाखभन्दा बढी शिक्षित युवा जनसंख्या रहेकाले यो लगानीबाट ठूलो आर्थिक परिवर्तन आउने अपेक्षा गरिएको छ ।

अबको प्रक्रिया र कडा सर्तहरू

ह्वाइट हाउसका अनुसार इरानले यो कोषमा पहुँच पाउनका लागि आफ्ना केही कडा सर्तहरू पूरा गर्नुपर्ने छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भनाइ उद्धृत गर्दै प्रवक्ताले जनाएअनुसार, इरानले आफ्नो आणविक कार्यक्रम पूर्णरूपमा समाप्त गर्नुपर्ने, उच्च संवर्धित आणविक सामग्रीको भण्डार हटाउनुपर्ने र कडा अन्तर्राष्ट्रिय निरीक्षण व्यवस्थालाई स्वीकार गर्नुपर्नेछ ।

शुक्रबार अमेरिका र इरानबीच हस्ताक्षर हुन लागेको ६० दिने समझदारीपत्र (एमओयू) अन्तिम सम्झौता नभएर केवल प्रारम्भिक रूपरेखा मात्र हो । यस अवधिमा दुवै देशका वार्ताकारहरूले आणविक कार्यक्रम, प्रतिबन्ध र क्षेत्रीय सुरक्षाका विषयमा समानान्तर वार्ता अघि बढाउनेछन् ।

आगामी ६० दिनमा कोषका प्रशासकहरूले इरानी पक्ष र लगानीकर्ताहरूसँग मिलेर परियोजनाहरूको योजना र दायरा तय गर्नेछन् । अन्तिम सम्झौतामा हस्ताक्षर भएपछि मात्र यो कोष पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम