मुख्य समाचार
जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

। जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठ महिनामा ६१ हजार ७२ जना नेपालीले श्रम स्वीकृति लिएका छन् ।

जसमा ५३ हजार ६ सय ९८ जना पुरूष र ७ हजार ३ सय ७४ महिला रहेका छन् । वैशाख महिनामा भने ७४ हजार ४ सय २९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

वैशाखको तुलनामा जेठमा वैदेशिक रोजगारीमा जानेको संख्या १३ हजार ३ सय ५७ ले कमी आएको हो । जेठ महिनामा म्यानपावर कम्पनीहरूमार्फत १९ हजार ४ सय ५५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै व्यक्तिगत श्रम स्वीकृतिमार्फत ११ हजार ५ सय ३ जना, जी–टु–जी मार्फत ६ सय ५२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

एक महिनाको अवधिमा २९ हजार ३ सय ७१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने विभिन्न देशमा विना कागजात बनेका ९१ जना वैधानीकरण भएका छन् ।

जेठ महिनामा सबैभन्दा बढी नेपाली मलेसिया गएका छन् । मलेसियाका लागि ८ हजार १ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै यूएईका लागि ५ हजार ३ सय ९४ जना, कतारका लागि २ हजार ८ सय ८३ जना, साउदीका लागि २ हजार ५ सय ९८ जना, रोमानियाका लागि २ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियामा रोजगारी वा बसाइँसराइको व्यवस्था मिलाइदिने भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गतिविधि बढ्दै गएको छ । केही ब्रोकर तथा व्यक्तिहरूले दक्षिण कोरिया पठाइदिने, रोजगारी दिलाइदिने वा बसाइँसराइको प्रक्रिया मिलाइदिने भन्दै ठूलो रकम असुल्ने प्रयास गर्दै आएको पाइएपछि काठमाडौंस्थित कोरियाली राजदूतावासले एक सूचना जारी गर्दै सचेत रहन भएको छ । दूतावासले त्यस्ता व्यक्ति वा संस्थाको सम्पर्कमा ...
। सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएकी एक जना महिला कैदीबन्दी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ कि ४८ वर्षीया रमा चौलागाईं छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । चेक अनादारका २ मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले ४ वर्ष कैद र तोकेको थियो । उनी जेनजी आन्दोलनको क्रममा ...
। चितवनबाट अपहरणमा परेका एक जना बालकको उद्धार भएको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । अपहरणमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँच जना नै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
। चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू लामो समयदेखि नेतृत्वविहीन अवस्थामा छन् । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ जारी गरेसँगै प्रतिष्ठानका पदाधिकारी बर्खास्त भए । तर डेढ महिना बितिसक्दा पनि पदाधिकारी नियुक्ति प्रक्रिया अलमलमै छ । जसका कारण प्रतिष्ठानको दीर्घकालीन ...
। प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित नतिजा व्यहोरेको नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ । निर्वाचन समीक्षा तथा पार्टी पुर्नगठन सम्बन्धि सुरु गरेको छलफलमा नेताहरुले केन्द्रदेखि वडासम्मकै नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाएका हुन् । विराटनगरमा मंगलबार भएको प्रदेश स्तरीय समीक्षा बैठकमा नेताहरुले अहिलेको नेतृत्वबाट एमाले अब चल्न नसक्ने बताएका छन् । भेलामा सहभागी नेताहरुका अनुसार सुझाव संकलनका क्रममा ...