मुख्य समाचार
खराब पिचका कारण क्यानडा र नेदरल्यान्ड्सबीचको लिग २ खेल रद्द
खराब पिचका कारण क्यानडा र नेदरल्यान्ड्सबीचको लिग २ खेल रद्द

। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडाको किङ सिटीमा भएको क्यानडा र नेदरल्यान्ड्सबीचको एकदिवसीय खेल पिचको सुरक्षासम्बन्धी चिन्ताका कारण ४.१ ओभरमै रद्द गरिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले एक विकेट गुमाएर १५ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । दोस्रो ओभरमा म्याक्स ओ’डाउड शून्यमै आउट भएका थिए । तर खेलाडीहरूको सुरक्षामाथि प्रश्न उठाउने गरी पिचबाट असमान बाउन्स आएपछि ब्याटरहरू पटक-पटक बलले प्रहार भएका थिए ।

लगातार खतरनाक बाउन्स देखिएपछि अम्पायर र खेल अधिकारीहरूले खेल रद्द गर्ने निर्णय गरेका हुन् । चार दिनअघि यही मैदानमा अमेरिका र नेदरल्यान्ड्सबीच भएको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पिचलाई ‘असन्तोषजनक’ मूल्यांकन दिएको थियो ।

त्यो खेलका म्याच रेफ्री फिल थोम्पसनले पिचलाई ‘अत्यन्त खराब’ भन्दै असमान बाउन्सका कारण खेलाडीहरूको सुरक्षामा जोखिम रहेको बताएका थिए । दुवै टोलीका कप्तानले पनि पिचप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि आईसीसीको पिच तथा आउटफिल्ड निगरानी प्रणालीअन्तर्गत किङ सिटी मैदानलाई एक डिमेरिट अंक दिइएको थियो ।

आईसीसीको नियमअनुसार ‘असन्तोषजनक’ पिचले एक डिमेरिट अंक पाउँछ भने ‘खेल्न अयोग्य’ ठहर भएको पिचलाई तीन अंक दिइन्छ । यी अंक पाँच वर्षसम्म कायम रहन्छन् ।

यदि कुनै मैदानले पाँच वर्षभित्र कुल छ डिमेरिट अंक जम्मा गरेमा १२ महिनाका लागि अन्तर्राष्ट्रिय खेल आयोजना गर्न प्रतिबन्ध लाग्छ । १२ अंक पुगेमा दुई वर्षसम्म प्रतिबन्ध लाग्ने व्यवस्था छ ।

लगातार दुई खेलमा पिचको गुणस्तर र खेलाडीको सुरक्षामाथि गम्भीर प्रश्न उठेपछि किङ सिटी मैदान थप निगरानीमा पर्ने सम्भावना बढेको छ ।

खेल रद्द भएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् । लिग २ अंकतालिकामा तेस्रो स्थानको नेदरल्यान्ड्सको २८ खेलमा ३२ अंक भएको छ भने छैटौं स्थानको क्यानडाको समान खेलमा २४ अंक भएको छ ।

तालिकामा नेपाल पनि २८ खेलमा २४ अंक जोडेर नेट रन रेटका आधारमा पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम