मुख्य समाचार
सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न
सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छिन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटका महत्वपूर्ण दस्तावेजहरू अध्ययनका लागि पर्याप्त समय नदिइएको भन्दै संसदमा हुने बजेट छलफल कर्मकाण्डी मात्र भएको टिप्पणी गरिन् ।


प्रमुख सचेतक ओलीले १८ वटा मन्त्रालयका विकास कार्यक्रमका पुस्तिकाहरू दुई दिनभित्रै अध्ययन गरेर खर्च कटौतीको प्रस्ताव तयार पार्न भनिनु अव्यवहारिक भएको बताइन् ।

पूर्वाधार विकास मन्त्रालयको सन्दर्भमा बोल्दै सांसद ओलीले मदन भण्डारी, पुष्पलाल मध्यपहाडी, हुलाकी राजमार्ग र सुरुङ मार्गजस्ता रणनीतिक आयोजनालाई निरन्तरता दिनु सकारात्मक भएपनि कार्यान्वयन पक्ष फितलो रहेको उनको भनाइ थियो ।

‘हामी कुनै सुपर कम्प्युटर होइनौँ, यति संक्षिप्त समयमा गम्भीर विश्लेषण सम्भव छैन । आगामी दिनमा यो सुधार गरियोस् ताकि सदनमा हुने छलफल वास्तवमै प्रभावकारी बनोस्,’ उनले भनिन्, ‘नयाँ आयोजना घोषणा गर्ने र शिलान्यास गर्ने होडभन्दा पनि पुराना रणनीतिक आयोजनाहरू सम्पन्न गर्ने नीति सरकारले अघि सार्नुपर्छ ।’

उनले सडक मर्मतसम्भार, जलवायुमैत्री पूर्वाधार र दुर्घटना न्यूनीकरणका लागि स्पष्ट ब्लुप्रिन्ट नभएकोमा पनि सरकारको ध्यानाकर्षण गराइन् ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयतर्फ चर्चा गर्दै ओलीले कुल बजेटको जम्मा ०.१८ प्रतिशत मात्र बजेट विनियोजन गरिएकोमा आपत्ति जनाइन् ।

सरकारले एआई, रोबोटिक्स र स्पेस टेक्नोलोजीका ठूला कुरा गरे पनि स्थानीय तहमा नवप्रवर्तनका लागि शुन्य बजेट राखेको र वैज्ञानिकहरूलाई स्वदेशमै राख्ने ठोस योजना नभएको उनको तर्क थियो ।

ऊर्जा क्षेत्रमा प्रशारण लाइन विस्तार र भारततर्फको निर्यात रणनीति सकारात्मक देखिए पनि आन्तरिक खपत बढाउने ठोस योजना नभएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियामा रोजगारी वा बसाइँसराइको व्यवस्था मिलाइदिने भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गतिविधि बढ्दै गएको छ । केही ब्रोकर तथा व्यक्तिहरूले दक्षिण कोरिया पठाइदिने, रोजगारी दिलाइदिने वा बसाइँसराइको प्रक्रिया मिलाइदिने भन्दै ठूलो रकम असुल्ने प्रयास गर्दै आएको पाइएपछि काठमाडौंस्थित कोरियाली राजदूतावासले एक सूचना जारी गर्दै सचेत रहन भएको छ । दूतावासले त्यस्ता व्यक्ति वा संस्थाको सम्पर्कमा ...
। सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएकी एक जना महिला कैदीबन्दी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ कि ४८ वर्षीया रमा चौलागाईं छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । चेक अनादारका २ मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले ४ वर्ष कैद र तोकेको थियो । उनी जेनजी आन्दोलनको क्रममा ...
। चितवनबाट अपहरणमा परेका एक जना बालकको उद्धार भएको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । अपहरणमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँच जना नै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
। चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू लामो समयदेखि नेतृत्वविहीन अवस्थामा छन् । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ जारी गरेसँगै प्रतिष्ठानका पदाधिकारी बर्खास्त भए । तर डेढ महिना बितिसक्दा पनि पदाधिकारी नियुक्ति प्रक्रिया अलमलमै छ । जसका कारण प्रतिष्ठानको दीर्घकालीन ...
। प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित नतिजा व्यहोरेको नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ । निर्वाचन समीक्षा तथा पार्टी पुर्नगठन सम्बन्धि सुरु गरेको छलफलमा नेताहरुले केन्द्रदेखि वडासम्मकै नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाएका हुन् । विराटनगरमा मंगलबार भएको प्रदेश स्तरीय समीक्षा बैठकमा नेताहरुले अहिलेको नेतृत्वबाट एमाले अब चल्न नसक्ने बताएका छन् । भेलामा सहभागी नेताहरुका अनुसार सुझाव संकलनका क्रममा ...