मुख्य समाचार
विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दाजुभाइ नै मृत फेला
विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दाजुभाइ नै मृत फेला

। प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दाजुभाइ नै मृत फेला परेका छन् ।

मंगलबार दिउँसो आएको आकस्मिक भेलमा परेका स्थानीय मिलन खत्री र बिमल खत्रीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जनता प्राथमिक विद्यालय, काँटेमा कक्षा १ मा अध्ययनरत बिमल खत्रीको शव घटनास्थल जोगीपँधेरामै भेटिएको छ । उनका दाइ, सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत मिलन खत्रीको शव घटनास्थलबाट करिब एक किलोमिटर तल खोलामा फेला परेको स्थानीयले बताएका छन् ।

भेलले बगाएको सूचना प्राप्त हुनासाथ स्थानीय बासिन्दा र प्रहरी संयुक्त रूपमा खोजी तथा उद्धारमा खटिएका थिए ।

विद्यालयबाट घर फर्किरहेका बेला वर्षापछि एक्कासि आएको बर्खे भेलमा उनीहरू परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए । पक्राउ परेका तीनै जनालाई प्रहरीले महोत्तरी ...
। कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय कृष्णप्रसाद चौधरीको घरमा जुुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसोे चौधरीको घरमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा मारेर उनीसहित ११ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट नगद ३३ ...
। यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट प्रहरीले ६ बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि–५ का २७ वर्षीय रन्जित महर्जन, गोकर्णेश्वर–८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरि–१२ का ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरि–५ का ४९ वर्षीय केदार श्रेष्ठ, धादिङको सिद्धलेक गाउँपालिका–१ का २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरि–६ का २५ वर्षीय सविन तामाङ पक्राउ ...
। स्याङ्जाको बिरुवा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो बिरुवा गाउँपालिका–५ सम्मखोरीस्थित बिरुवा–किचनास सडकखण्डमा ग १ त २९६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी बिरुवा गाउँपालिका–१ का १८ वर्षीय दिवस भुजेल र चालक नवलपरासी पश्चिम बर्दघाटका २४ वर्षीय कृष्ण चौधरी गम्भीर घाइते भएका छन् । स्याङ्जाका ...
। नेपाली कांग्रेसका सचेतक निश्कल राईले पूर्वी पहाडी जिल्ला इलामको मेरुदण्डका रूपमा रहेको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । निर्यातमा देखिएका बाधा र बजार व्यवस्थापनको अभावमा चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे । संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले इलामका अधिकांश नागरिकको जीविकोपार्जनको मुख्य स्रोत चिया ...