मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले विधिभन्दा बाहिर रहेर पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोधे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले विधिभन्दा बाहिर रहेर पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोधे

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले विधिभन्दा बाहिर रहेर पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोधेका छन् । रास्वपा कार्यकर्ताले स्याङ्जास्थित अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई ‘स्पष्टीकरण’ सोधेका हुन् ।

पालिकाका विकास आयोजना, विद्यालयका शिक्षक सरुवा लगायतका विषयहरूमा जानकारी लिन रास्वपा कार्यकर्ताले ‘स्पष्टीकरण’ सोधेका हुन् । तथ्यपरक, पारदर्शी र आधिकारिक ‘स्पष्टीकरण’को माग रास्वपा कार्यकर्ताले गरेका छन् ।

दरौंखोला तटबन्ध, विद्यायल मर्जर तथा शिक्षक सरुवा, शिक्षकलाई स्पष्टीकरण र कारबाही, विद्यालयको शैक्षिक वातावरण, बाटो पिच, नवग्रह कृषि फर्ममा लगानी, खानेपानी व्यवस्थापन लगायतका १० विषयमा रास्वपा कार्यकर्ताले ‘स्पष्टीकरण’ सोधेका छन् ।

रास्वपाका अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष कमलकान्त अर्याल र सचिव प्रकाश देवकोटाले पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोधेका हुन् । पालिका अध्यक्ष तिवारीले ‘स्पष्टीकरण’को ठाडै अस्वीकार गरेका छन् ।

‘कानुनको सामान्य ज्ञान समेत नभएकाहरूले कोरेको यो दस्तावेज कुनै जिम्मेवार राजनीतिक दलको पत्र हुनै सक्दैन,’ पालिका अध्यक्ष तिवारी भन्छन्, ‘विधिको शासन सिकाउन हिंडेको पार्टीका कार्यकर्ताहरूमा सामान्य संविधान र कानुन पनि थाहा नहुनु लज्जास्पद छ ।’

गाउँपालिका अध्यक्ष महासंघको अध्यक्ष लक्ष्मी पाण्डेले दलका कार्यकर्ताले पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोध्न नमिल्ने बताउँछिन् ।

‘पालिका अध्यक्षलाई सरकारी निकायहरूले स्पष्टीकरण सोध्न सक्छन् । स्पष्टीकरण सोध्ने विधिहरू छन्,’ महासंघ अध्यक्ष पाण्ड भन्छिन्, ‘कोहीप्रति केही कुरामा चित्त बुझेन भनेर मनलाग्दी स्पष्टीकरण सोध्न मिल्दैन ।’

पालिका अध्यक्ष तिवारीलाई रास्वपा कार्यकर्ताले सोधेको’स्पष्टीकरण’बारे स्याङ्जाका रास्वपा सहसचिव टुकराज अर्यालले जनताले उठाएका कुराहरू सोधेको बताए ।

‘शब्दमा केही फरक पर्‍यो होला । हामीले जनताका टिका टिप्पणीको जानकारी मागेका हौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुमवासी समस्या समाधान गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी गराए । ७० बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु ...
। नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिउपर संसद्‌मा गोप्य मतदान गर्ने प्रस्ताव गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । सभामुखले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै कांग्रेसकी सांसद रेखा कुमारी यादवले यस्तो प्रस्ताव राखेकी हुन् । ‘एउटा गोप्य मतदान गरौं सभामुख महोदय, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्ष र प्रतिपक्ष सबैलाई ...
। ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चाबहिल बस्ने १८ वर्षीय आर्यन सिंह रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । घटना सोमबार दिउँसो साढे १२ बजेको हो । सिंह चौथो तलाबाट खसेका थिए । उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको साँझे साढे ६ बजेतिर ...
। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास ...
। नेपाली कम्युनिस्ट पार्टीले अमेरिका र इरानबीचको शान्ति सम्झौताबाट प्राप्त हुने सकारात्मक अवसरलाई सही रुपमा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको संसदबाट पनि त्यसबारे स्पष्ट सन्देश प्रवाह गर्नुपर्ने सो पार्टीको माग छ । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले अमेरिका र इरानबीचको लडाइँ अन्त्यसँगै विश्वले दिगो शान्तिको अवसर प्राप्त ...