मुख्य समाचार
अमेरिका र इरानबीचको शान्ति सम्झौताबाट प्राप्त हुने सकारात्मक अवसरलाई सही रुपमा प्रयोग गर्न सरकारको ध्यानाकर्षण
अमेरिका र इरानबीचको शान्ति सम्झौताबाट प्राप्त हुने सकारात्मक अवसरलाई सही रुपमा प्रयोग गर्न सरकारको ध्यानाकर्षण

। नेपाली कम्युनिस्ट पार्टीले अमेरिका र इरानबीचको शान्ति सम्झौताबाट प्राप्त हुने सकारात्मक अवसरलाई सही रुपमा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको संसदबाट पनि त्यसबारे स्पष्ट सन्देश प्रवाह गर्नुपर्ने सो पार्टीको माग छ ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले अमेरिका र इरानबीचको लडाइँ अन्त्यसँगै विश्वले दिगो शान्तिको अवसर प्राप्त गर्ने बताए ।

उनले भने, ‘हिजो बेलुकामात्रै इलेक्ट्रोनिकली एमओयुमा रुपमा हस्ताक्षर भएको कुरा आएका छन् । हाम्रो नेपालको संसदमा पनि यो कुरालाई अत्यन्त सकारात्मक किसिमले विश्वसामु स्पष्ट सन्देश जाओस् भन्ने म सभामुखमार्फत् अनुरोध गर्न चाहान्छु ।’

आफूहरु विश्व शान्तिको पक्षमा रहेको बताउँदै उनले भने, ‘शुक्रबार पूर्णरुपले यो सम्झौतामा सिग्नेचर हुने कुरा छ । यसपछाडि विश्वले दिगो शान्तिको अवसर प्राप्त गर्नेछ भन्ने मैले विश्वास लिएको छु । त्यतिमात्र होइन अब यो बहुध्रुवीय विश्वमा नयाँ शक्ति सन्तुलनको चरणमा हामी प्रवेश गर्नेछौं । यसपटक पनि हामीले हाम्रो राष्ट्रको स्वाभिमान, राष्ट्रिय स्वतन्त्रता र यसबाट प्राप्त हुने जुन किसिमको अवस्था छ त्यसलाई सकारात्मक रुपमा प्रयोग गर्नुपर्छ भन्ने पनि म अनुरोध गर्न चाहान्छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुमवासी समस्या समाधान गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी गराए । ७० बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु ...
। नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिउपर संसद्‌मा गोप्य मतदान गर्ने प्रस्ताव गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । सभामुखले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै कांग्रेसकी सांसद रेखा कुमारी यादवले यस्तो प्रस्ताव राखेकी हुन् । ‘एउटा गोप्य मतदान गरौं सभामुख महोदय, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्ष र प्रतिपक्ष सबैलाई ...
। ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चाबहिल बस्ने १८ वर्षीय आर्यन सिंह रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । घटना सोमबार दिउँसो साढे १२ बजेको हो । सिंह चौथो तलाबाट खसेका थिए । उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको साँझे साढे ६ बजेतिर ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले विधिभन्दा बाहिर रहेर पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोधेका छन् । रास्वपा कार्यकर्ताले स्याङ्जास्थित अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई ‘स्पष्टीकरण’ सोधेका हुन् । पालिकाका विकास आयोजना, विद्यालयका शिक्षक सरुवा लगायतका विषयहरूमा जानकारी लिन रास्वपा कार्यकर्ताले ‘स्पष्टीकरण’ सोधेका हुन् । तथ्यपरक, पारदर्शी र आधिकारिक ‘स्पष्टीकरण’को माग रास्वपा कार्यकर्ताले गरेका छन् । दरौंखोला तटबन्ध, ...
। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास ...