मुख्य समाचार
फ्रान्सको एभियान शहरमा आयोजना हुन गइरहेको ‘ग्रुप अफ सेभेन’ (जी–७) शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन
फ्रान्सको एभियान शहरमा आयोजना हुन गइरहेको ‘ग्रुप अफ सेभेन’ (जी–७) शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

। फ्रान्सको एभियान शहरमा बुधबार आयोजना हुन गइरहेको ‘ग्रुप अफ सेभेन’ (जी–७) शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन भएको छ । ‘फासीवाद र साम्राज्यवाद’को प्रतिरोध गर्ने उद्देश्यका साथ विभिन्न समूह र संगठनहरूको आवद्धता रहेको ‘नो जी–७ गठबन्धन’ले नेतृत्वमा आइतबार दिउँसो प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरू जेनेभा ताल किनारको एउटा पार्कमा भेला भई शहरको तोकिएको मार्ग हुँदै बिस्तारै अघि बढेका थिए । तालमा एउटा सेतो डुङ्गा तैरिरहेको देखिन्थ्यो, जसको पालमा ‘नो जी–७’ लेखिएको थियो ।

प्रदर्शनकारीहरूले ‘जी–७ लाई अस्वीकार गरौँ’ जस्ता नारा लेखिएका विभिन्न प्लेकार्डहरू बोकेका थिए ।

शुरुमा प्रदर्शन ठूलो मात्रामा शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढेको भएपनि पछि केही विस्फोटका आवाज सुनिएका थिए । कालो धुवाँ उडिरहेको पनि देखिन्थ्यो । यस क्रममा एउटा टेस्ला कारमा आगो लगाइएको समेत देखिएको थियो ।

जेनेभा क्यान्टनल प्रहरीले प्रदर्शन क्षेत्र नजिकैबाट चक्कु, बञ्चरो, ग्याँसका बट्टा (क्यानिस्टर) र पटाका लगायतका बस्तु बरामद गरिएको जानकारी दिएको छ ।

अधिकारीहरूकाअनुसार यस प्रदर्शनले जेनेभाको सार्वजनिक यातायात सेवामा अवरोध पुर्‍याएको थियो । जसका कारण दिउँसोदेखि कतिपय ट्रलीबस सेवाहरू निलम्बित गरिएका थियो भने ट्राम नेटवर्क र केही बस रुटहरु परिमार्जन गरिएको थियो ।

फ्रान्सले हालको अस्थिर अन्तर्राष्ट्रिय वातावरणका विषयमा छलफल गर्न बुधबार जी–सेभेन बैठक आह्वान गरेको बताएको छ । यस सम्मेलनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका र युरोपेली संघका नेताहरू सहभागी हुँदैछन् ।

यसअघि सन् २००३ मा जेनेभाबाट ५० किलोमिटरभन्दा कम दुरीमा रहेको फ्रान्सेली सहर एभियानमा पहिलो पटक जी–७ शिखर सम्मेलन आयोजना हुँदा जेनेभामा ठूला दङ्गाहरू भड्किएका थिए । यस वर्षको शिखर सम्मेलन अगाडि स्विस अधिकारीहरूले करिव ४ हजार सैन्य बल परिचालन गर्नुका साथै फ्रान्ससँगका आफ्ना ३५ वटा सीमा नाकाहरूमध्ये अधिकांश बन्द गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम