मुख्य समाचार
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने

। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ती कम्पनीहरुसँग सातदिने लिखित स्पष्टीकरण सोधिएको छ ।

विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएपछि यसअघि ३० दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएकोमा स्पष्टीकरण नबुझाएकाले फेरि ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको हो ।

स्पष्टीकरण माग गरिएकाहरुमा शिशिर निर्माण सेवा प्युठान, त्रिवेणी कन्स्ट्रक्सन कम्पनी, जागृत निर्माण सेवा, ओम महासरस्वती कन्स्ट्रक्सन ललितपुर, बेबो इन्जिनियरिङ कम्पनी, काठमाडौं, उग्रवज्र निर्माण सेवा काठमाडौं, अर्भान कन्स्ट्रक्सन चितवन, शंकरमाली निर्माण सेवा काठमाडौं, मान शाही निर्माण सेवा कालिकोट, ध्रुव निर्माण सेवा सुर्खेत छन् ।

यसैगरी विनम्र निर्माण सेवा सुर्खेत, चीनको चाङसी हुवान इलेक्ट्रिक पावर इक्विपमेन्ट, बताला निर्माण सेवा कालिकोट, माँ बौधी कन्स्ट्रक्सन रौतहट, थापा कन्स्ट्रक्सन जाजरकोट, गगन नेपाल निर्माण सेवा मुगु, बुढीगण्डकी कन्स्ट्रक्सन गोरखा, हिमानी काब्य कन्स्ट्रक्सन सेवा सिन्धुली, एस.एन.एस–एम.सी.सी. जेभी जनकपुर र नागवंशी कन्स्ट्रक्सन कैलालीसँग पनि सातदिने स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले संघीयता, समावेशीता र समुदायगत भाषा, संस्कृतिजस्ता अधिकारबाट वर्तमान सरकार र सरकारको नेतृत्वकर्ता दल पछि हट्न सक्ने आशंका गरेका छन् । मगर समुदायको भुमे पर्वका अवसरमा दाङको देउखुरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले संविधान संशोधनका नममा जनताले उपभोग गरिसकेका अधिकार खोस्ने प्रयास भए स्वीकार्य हुन नसक्ने बताए । संविधान सशोधनको ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा अनुपस्थित भएका छन् । मन्त्री अनुपस्थित नभएपछि सांसदहरुले प्रश्न उठाए । ‘खुट्टा भाच्ने अभिव्यक्तिमा जवाफ दिनुपर्छ भनेर मन्त्री नआउनुभएको हो ?’ नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रश्न गरिन् । बैठकमा सभापति आशिष गजुरेलले मन्त्रीलाई जानकारी पटक-पटक गराएको बताए । धुलिखेलको एउटा कार्यक्रममा रहेको र फर्किरहेको ...
। बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा बिहान ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् । अर्का एक जना व्यक्ति पनि पक्राउ परेको स्रोतले बतायो । उनीहरु सुरक्षा निगरानीमा छन् । ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको ...
। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गम्भीर भूराजनीतिक भूमरीतर्फ मुलुक धकेलिएको बताउँदै नेतृत्वमा रहेका सरकारी अधिकारीहरू बिन्दास भइरहेको टिप्पणी पनि गरेका छन् । सीमामा चिया निकासी रोकिएको, सुकुमवासी लखेटिएको, होल्डिङ सेन्टरमा बेवारिसे रहेको, मलको अभाव रहेको, महँगी जस्ताको तस्तै रहेको लगायतका विषयमा गम्भीर ...