मुख्य समाचार
छुट्टा-छुट्टै स्थानबाट अवैध रुपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका १० वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा
छुट्टा-छुट्टै स्थानबाट अवैध रुपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका १० वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा

। सिरहा प्रहरीले जिल्लाको छुट्टा-छुट्टै स्थानबाट अवैध रुपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका १० वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ ।

प्रहरीले गोलबजार नगरापलिका-३ गागनखोलनबाट ८ वटा टिपर र सिरहा नगरापलिका-१३ गमहरियास्थित कमला नदीबाट दुईवटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा ग्राभेल उत्खनन भइरको सूचना पाउनसाथ इकाला प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले ग्राभेल लोड गरेको ना.४ख. ८३७३, ना.८ख १५१९, ना.३ख ३८११, ना.६ख ६९८८, म.प्र. ०१–००१ क् ०५१४, बा. प्र. ०३–००१ क ०३३८, प्र. २–०१–००१ क् ०१९० र म.प्र. ०३–००१क ३८९३ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।

अवैध उत्खनन भइरहेको भन्ने जानकारी पाएर पुगेका प्रहरीलाई देखेर सबै टिपरका चालकहरू टिफर छोडेर फरार भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले जानकारी दिए ।

प्रहरीलाई देखेपछि सबै टिपरका चालक टिपर छोडेर फरार भएकाले अन्य सवारी चालकको सहयोगमा नियन्त्रणमा लिइएका सवारी साधन कार्यालयमा ल्याइपुर्‍याइएको इन्सपेक्टर केसीले बताए।

उनले अहिलेसम्म कोही टिपर धनी र चालक सम्पर्कमा नआएको बताए ।

त्यसैगरी, सिरहा १३ गमरियास्थिक कमला नदीबाट अवैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्र.२-०-१-००१ख ०२०३, लु २ख. १८७७, ना.१ख ३५८१ नम्बरको टिपर र स्काभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहका निमित्त सूचना अधिकारी इन्सपेक्टर नरेश लिम्बुले जानकारी दिए ।

नियन्त्रणमा लिएका सबै वारी साधन आवशयक कारबाहीको लागि सम्बन्धित पालिकामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले संघीयता, समावेशीता र समुदायगत भाषा, संस्कृतिजस्ता अधिकारबाट वर्तमान सरकार र सरकारको नेतृत्वकर्ता दल पछि हट्न सक्ने आशंका गरेका छन् । मगर समुदायको भुमे पर्वका अवसरमा दाङको देउखुरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले संविधान संशोधनका नममा जनताले उपभोग गरिसकेका अधिकार खोस्ने प्रयास भए स्वीकार्य हुन नसक्ने बताए । संविधान सशोधनको ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा अनुपस्थित भएका छन् । मन्त्री अनुपस्थित नभएपछि सांसदहरुले प्रश्न उठाए । ‘खुट्टा भाच्ने अभिव्यक्तिमा जवाफ दिनुपर्छ भनेर मन्त्री नआउनुभएको हो ?’ नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रश्न गरिन् । बैठकमा सभापति आशिष गजुरेलले मन्त्रीलाई जानकारी पटक-पटक गराएको बताए । धुलिखेलको एउटा कार्यक्रममा रहेको र फर्किरहेको ...
। बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा बिहान ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् । अर्का एक जना व्यक्ति पनि पक्राउ परेको स्रोतले बतायो । उनीहरु सुरक्षा निगरानीमा छन् । ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको ...
। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गम्भीर भूराजनीतिक भूमरीतर्फ मुलुक धकेलिएको बताउँदै नेतृत्वमा रहेका सरकारी अधिकारीहरू बिन्दास भइरहेको टिप्पणी पनि गरेका छन् । सीमामा चिया निकासी रोकिएको, सुकुमवासी लखेटिएको, होल्डिङ सेन्टरमा बेवारिसे रहेको, मलको अभाव रहेको, महँगी जस्ताको तस्तै रहेको लगायतका विषयमा गम्भीर ...