मुख्य समाचार
चीनले नेपालमा चिनियाँ कम्पनीलाई व्यावसायिक वातावरण बनाइदिन अनुरोध
चीनले नेपालमा चिनियाँ कम्पनीलाई व्यावसायिक वातावरण बनाइदिन अनुरोध

। चीनले नेपालमा चिनियाँ कम्पनीलाई व्यावसायिक वातावरण बनाइदिन अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्री शिशिर खनालसँग बेइजिङमा सोमबार भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले पनि अनुकूल व्यावसायिक वातावरण बनाइदिनुपर्ने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

‘उनले (वाङले) चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले थप निष्पक्ष, पारदर्शी तथा अनुकूल व्यावसायिक वातावरण उपलब्ध गराउने अपेक्षा गरेको बताए,’ चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । नेपालमा चिनियाँ लगानी तथा वित्तीय सहयोग मुख्यत: जलविद्युत्, विमानस्थल, सिमेन्ट उद्योग, सडक, ऊर्जा क्षेत्रमा केन्द्रित छन् ।

विदेश मन्त्रालयका अनुसार दुवै देशले बहुपक्षीय मञ्चहरूमा सहकार्य सुदृढ गरी विकासशील राष्ट्रहरूको साझा हितको संरक्षण गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अन्तर्गत विद्युत् प्रसारण सञ्जाल, सडक, नाका तथा हवाई यातायातलगायत क्षेत्रमा सहकार्य विस्तार गरी नेपाललाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले ‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ हुने भन्दै नेपालको लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा भरपर्दो छिमेकी तथा साझेदार रहने बताएका थिए ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा दुवै देशले विकास र समृद्धिमुखी पुस्तौँसम्मको मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारी स्थापना गरेको स्मरण गर्दै यसले चीन–नेपाल सम्बन्धलाई थप उचाइमा पुर्‍याउने साझा दिशा निर्धारण गरेको बताए ।

इतिहास र यथार्थले चीन–नेपाल मित्रता नेपाल राष्ट्र, नेपाली जनता तथा राष्ट्रिय हितका लागि लाभदायक रहेको प्रमाणित गरेको भन्दै वाङले चीनले नेपालसँगको सम्बन्धलाई आफ्नो छिमेकी कूटनीतिको महत्वपूर्ण स्थानमा राखेको जानकारी गराएका थिए । नेपाली जनताप्रतिको मैत्रीपूर्ण नीति निरन्तर रहने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले संघीयता, समावेशीता र समुदायगत भाषा, संस्कृतिजस्ता अधिकारबाट वर्तमान सरकार र सरकारको नेतृत्वकर्ता दल पछि हट्न सक्ने आशंका गरेका छन् । मगर समुदायको भुमे पर्वका अवसरमा दाङको देउखुरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले संविधान संशोधनका नममा जनताले उपभोग गरिसकेका अधिकार खोस्ने प्रयास भए स्वीकार्य हुन नसक्ने बताए । संविधान सशोधनको ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा अनुपस्थित भएका छन् । मन्त्री अनुपस्थित नभएपछि सांसदहरुले प्रश्न उठाए । ‘खुट्टा भाच्ने अभिव्यक्तिमा जवाफ दिनुपर्छ भनेर मन्त्री नआउनुभएको हो ?’ नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रश्न गरिन् । बैठकमा सभापति आशिष गजुरेलले मन्त्रीलाई जानकारी पटक-पटक गराएको बताए । धुलिखेलको एउटा कार्यक्रममा रहेको र फर्किरहेको ...
। बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा बिहान ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् । अर्का एक जना व्यक्ति पनि पक्राउ परेको स्रोतले बतायो । उनीहरु सुरक्षा निगरानीमा छन् । ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको ...
। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गम्भीर भूराजनीतिक भूमरीतर्फ मुलुक धकेलिएको बताउँदै नेतृत्वमा रहेका सरकारी अधिकारीहरू बिन्दास भइरहेको टिप्पणी पनि गरेका छन् । सीमामा चिया निकासी रोकिएको, सुकुमवासी लखेटिएको, होल्डिङ सेन्टरमा बेवारिसे रहेको, मलको अभाव रहेको, महँगी जस्ताको तस्तै रहेको लगायतका विषयमा गम्भीर ...