मुख्य समाचार
नेपालले आफ्नो भूमि चीनविरुद्धका कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता पुन: व्यक्त
नेपालले आफ्नो भूमि चीनविरुद्धका कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता पुन: व्यक्त

। नेपालले आफ्नो भूमि चीनविरुद्धका कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता पुन: व्यक्त गरेको छ ।

चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन दोहोर्‍याउँदै सुशासन र आर्थिक विकासका प्राथमिकतामा पूर्ण सहयोग गर्ने आश्वासन दिएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यी बीच सोमबार बेइजिङमा भएको द्विपक्षीय वार्तामा दुवै पक्षले यी प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वार्तामा नेपाल–चीन सम्बन्धका समग्र आयामबारे गहन छलफल भएको थियो ।

नेपाली पक्षले ‘एक चीन नीति’प्रतिको आफ्नो प्रतिबद्धता पुन: दोहोर्‍याउँदै नेपाली भूमि चीनविरुद्धका गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट गरेको थियो ।

जवाफमा चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान तथा समर्थन दोहोर्‍याएको थियो ।

साथै, नेपाल सरकारले अघि सारेका सुशासन र आर्थिक वृद्धिका प्राथमिकतामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको थियो ।

वार्ताका क्रममा दुवै पक्षले एकअर्काका प्राथमिकता र संवेदनशीलताप्रति सम्मान व्यक्त गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सहमति जनाएका थिए ।

पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाहरूलाई शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन् ।

क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य थप विस्तार गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ ।

द्विपक्षीय वार्तापछि विदेशमन्त्री वाङ यीले मन्त्री खनालको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए ।

यसअघि मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाईसिङसँग पनि भेटवार्ता गरेका थिए ।

भेटमा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा पार्टी–पार्टीबीचको आदानप्रदान विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।

सोमबार नै मन्त्री खनालले चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानको भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा उनलाई संस्थानका गतिविधि तथा त्रिभुवन विश्वविद्यालयलगायत नेपाली संस्थासँग भइरहेको सहकार्यबारे जानकारी गराइएको थियो ।

मन्त्री खनालले विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपाल–चीन सहकार्यलाई अझ गहिरो बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले संघीयता, समावेशीता र समुदायगत भाषा, संस्कृतिजस्ता अधिकारबाट वर्तमान सरकार र सरकारको नेतृत्वकर्ता दल पछि हट्न सक्ने आशंका गरेका छन् । मगर समुदायको भुमे पर्वका अवसरमा दाङको देउखुरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले संविधान संशोधनका नममा जनताले उपभोग गरिसकेका अधिकार खोस्ने प्रयास भए स्वीकार्य हुन नसक्ने बताए । संविधान सशोधनको ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा अनुपस्थित भएका छन् । मन्त्री अनुपस्थित नभएपछि सांसदहरुले प्रश्न उठाए । ‘खुट्टा भाच्ने अभिव्यक्तिमा जवाफ दिनुपर्छ भनेर मन्त्री नआउनुभएको हो ?’ नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रश्न गरिन् । बैठकमा सभापति आशिष गजुरेलले मन्त्रीलाई जानकारी पटक-पटक गराएको बताए । धुलिखेलको एउटा कार्यक्रममा रहेको र फर्किरहेको ...
। बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा बिहान ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् । अर्का एक जना व्यक्ति पनि पक्राउ परेको स्रोतले बतायो । उनीहरु सुरक्षा निगरानीमा छन् । ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको ...
। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गम्भीर भूराजनीतिक भूमरीतर्फ मुलुक धकेलिएको बताउँदै नेतृत्वमा रहेका सरकारी अधिकारीहरू बिन्दास भइरहेको टिप्पणी पनि गरेका छन् । सीमामा चिया निकासी रोकिएको, सुकुमवासी लखेटिएको, होल्डिङ सेन्टरमा बेवारिसे रहेको, मलको अभाव रहेको, महँगी जस्ताको तस्तै रहेको लगायतका विषयमा गम्भीर ...