मुख्य समाचार
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक

: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी रहेको बताइएको छ।

सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै बजेट सार्वजनिक गरेका हुन्। सरकारले प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको छ भने पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याइएको छ।

त्यस्तै वित्तीय व्यवस्थापन शीर्षकमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटको संरचना हेर्दा चालु खर्चको हिस्सा ३४.५५ प्रतिशत रहेको छ। पुँजीगत खर्चतर्फ ५१.३२ प्रतिशत बजेट विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फ ०.३७ प्रतिशत हिस्सा रहेको छ।

प्रदेश सरकारले विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिएको संकेतस्वरूप पुँजीगत बजेटको हिस्सा चालु खर्चभन्दा उल्लेख्य रूपमा बढी राखेको छ।

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सरकारले विभिन्न स्रोतबाट राजस्व तथा अनुदान प्राप्त हुने अनुमान गरेको छ। बजेटका लागि आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।

त्यस्तै राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। त्यसैगरी, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ९ अर्ब १२ करोड रुपैयाँ रहने अनुमान गरिएको छ। सशर्त अनुदानतर्फ ५ अर्ब ९५ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। समपूरक अनुदानमार्फत ६४ करोड रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटले विकास निर्माण, पूर्वाधार विस्तार, सेवा प्रवाह सुधार तथा आर्थिक गतिविधि प्रवर्द्धनलाई केन्द्रमा राखेको छ। प्रदेशसभामा विस्तृत छलफल भएपछि बजेट पारित प्रक्रियामा जानेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र ...
: आगामी आर्थिक वर्षका काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। सोमबार बसेको नगर सभाको १९ औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो। यसअघि आइतबार बसेको नगर सभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले ११ क्षेत्र समेटेर १०१ बुँदामा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ...
: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ। सोमबार बसेको बागमती प्रदेश सभा बैठकमा बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। उनले आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात ...
: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले पार्टीभित्र कुनै मत–मतान्तर नभएको दावी गरेका छन्। सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले पार्टीलाई पुनर्गठनको कार्ययोजना गर्न कार्यदल गठन गरेको अवस्थामा अहिले पार्टीभित्र कुनै मत–मतान्तर नभएको दावी गरे । उनले कार्यदलले अहिले सुझाव संकलन गर्ने काम गरिरहेको भन्दै कार्यदलको सुझावको आधारमा पार्टी पुनर्गठन हुने ...
: मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ। सोमबार मधेश प्रदेशसभामा बजेट प्रस्तुत गर्दै मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले ४१ अर्ब भन्दा माथिको बजेट प्रस्तुत गरेका हुन्। कुल बिनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५ दशमलव ५४ ...