मुख्य समाचार
स्पेनविरुद्धको उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर भोजिन्हाको सामाजिक सञ्जाल फलोअर्स १० घन्टामै ५० हजारबाट ५० लाख पुगे
स्पेनविरुद्धको उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर भोजिन्हाको सामाजिक सञ्जाल फलोअर्स १० घन्टामै ५० हजारबाट ५० लाख पुगे

। फिफा विश्वकप २०२६ अन्तर्गत स्पेनविरुद्धको उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर भोजिन्हाको सामाजिक सञ्जाल फलोअर्स १० घन्टामै ५० हजारबाट ५० लाख पुगेको छ।

सन् २०१० को विश्वविजेता स्पेनलाई बराबरीमा रोक्न ४० वर्षीय भोजिन्हाले शानदार प्रदर्शन गरेका थिए । खेलभरि स्पेनले लगातार आक्रमण गरे पनि उनले एकपछि अर्को उत्कृष्ट बचाउ गरेका थिए ।

केप भर्डे जस्तो सानो अफ्रिकी राष्ट्रका लागि स्पेनसँग बराबरीको नतिजा आफैंमा ऐतिहासिक उपलब्धि मानिएको छ। उक्त खेलमा भोजिन्हा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।

म म्यान अफ द म्याच भएपछि उनले भने, ‘यो अवार्ड मेरा सबै सहकर्मी खेलाडीहरूका लागि हो । म निरन्तर मेहनत गरिरहनेछु ।’

उत्कृष्ट प्रदर्शनका कारण उनले फुटबलप्रेमीहरुबाट समर्थन र प्रशंशा पाइरहेका छन् । खेलपछि उनको इन्सटाग्राम फलोअर्स ह्वात्तै बढेको छ । खेलअघि भोजिन्हाको इन्सटाग्राममा ५० हजारभन्दा कम फलोअर्स थिए । यो समाचार तयार पार्दासम्म उनको फलोअर्स ५० लाख पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...