मुख्य समाचार
प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग
प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग

: श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई(हर्क साम्पाङ)ले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने,'प्रधानमन्त्रीज्यूले दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो। सभामुखज्यूले कहिले त्यो हटाउने आदेश दिनुहुन्छ भनेर पर्खिरहेका छौं। यसमा हाम्रो माग यथावत् छ।'

उनले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेर अतिक्रमण गर्न खोजेको र नेपाली नागरिकलाई आतंकित पार्ने गतिविधि भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। त्यसको विरोधमा माइतीघरमा धर्नामा बसेका राष्ट्रभक्त युवा अजय सोडारी र दीर्जन विकलाई पक्राउ गरी हिरासतमा राखेर मुद्दा चलाउने तयारी गरिएको भन्ने सूचना आएको उल्लेख गर्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए। उनले ती युवालाई अनावश्यक दुःख नदिन आग्रह गरे।

त्यस्तै,उनले एसईई परीक्षाका क्रममा विद्यार्थीहरूको मोबाइल फोन खोसेर नष्ट गरिएको घटनाप्रति पनि ध्यानाकर्षण गराउँदै त्यसको आदेश दिने व्यक्तिमाथि कडा कारबाही गर्न माग गरे।

राईले कैलालीमा टेम्पु भीरबाट खसालेको दृश्यले आफू मर्माहत भएको बताउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे।

उनले घरमाथि ढुंगामुढा प्रहार गरिएको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यस्ता घटनाको पनि छानबिन गर्नुपर्ने बताए। साथै,राईले देशमा लोकतन्त्रको सुनिश्चितता गर्न सरकारसँग माग गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी रहेको बताइएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै बजेट सार्वजनिक गरेका हुन्। सरकारले ...
: सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र ...
: आगामी आर्थिक वर्षका काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। सोमबार बसेको नगर सभाको १९ औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो। यसअघि आइतबार बसेको नगर सभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले ११ क्षेत्र समेटेर १०१ बुँदामा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ...
: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ। सोमबार बसेको बागमती प्रदेश सभा बैठकमा बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। उनले आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात ...
: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले पार्टीभित्र कुनै मत–मतान्तर नभएको दावी गरेका छन्। सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले पार्टीलाई पुनर्गठनको कार्ययोजना गर्न कार्यदल गठन गरेको अवस्थामा अहिले पार्टीभित्र कुनै मत–मतान्तर नभएको दावी गरे । उनले कार्यदलले अहिले सुझाव संकलन गर्ने काम गरिरहेको भन्दै कार्यदलको सुझावको आधारमा पार्टी पुनर्गठन हुने ...