मुख्य समाचार
केप भर्डे र स्पेनले गोलरहित बराबरी
केप भर्डे र स्पेनले गोलरहित बराबरी

: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एच को पहिलो खेलमा केप भर्डे र स्पेनले गोलरहित बराबरी खेलेका छन्।
एट्लान्टा स्टेडियममा भएको खेलमा स्पेनको अट्याकलाई केप भर्डेको उत्कृष्ट डिफेन्स र गोलकिपरले गोलरहित बराबरीमा रोकिन बाध्य बनायो। गोलरहित बराबरी खेल्दै यी दुई टोलीले १–१ अंक बाँडेका हुन्।
विश्वकपको डेब्यू खेल खेलेको केप भर्डेले सन् २०१० को विश्वविजेतालाई गोलरहित बराबरीमा रोक्दै अंक चोरेको हो। पहिलो विश्वकपमा पहिलो अंकसहित केप भर्डेले विश्वकपको सुरुवात गरेको छ।

खेलको पहिलो हाफमा केप भर्डेका अनुभवी गोलकिपर भोजिन्हाले उत्कृष्ट वचावहरु गरे।
दोस्रो हाफको सुरुवाती समयबाट नै स्पेनले दबाब बनायो। जसको फलस्वरुप पनि भोजिन्हाको किपिङ उत्कृष्ट रह्यो।
स्पेनले आक्रमक खेल शैली प्रदर्शन गर्दा खेलको ७० मिनेटसम्म पनि गोल निकाल्न नसक्दा
खेलको ७१ औं मिनेटमा लामिन यमालले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरे। उनले जर्सी नम्बर ९ का गावीलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका हुन्।
खेलको ७३ औं मिनेटमा स्पेनको प्रहार पुनः भोजिन्हाको हातमा पर्यो।
खेलको अन्तिम समयमा केप भर्डेले काउन्टर अट्याक्मा २ वटा राम्रो मौका पनि बनायो। तर भर्डे पनि सफल भने हुन सकेन।
अन्तिम समयसम्म पनि केप भर्डेको डिफेन्स उत्कृष्ट रह्यो। जसको फलस्वरुप केप भर्डेले विश्वकपको डेब्यू खेलमा विश्वकप विजेता स्पेनसँग अंक बाँडेको छ।
यी दुईले पहिलो पटक विश्वकपमा एकअर्काको सामना गरिरहेका हुन्।
केप भर्डेको यो पहिलो विश्वकपको खेल हो।
सन् २०१० को विश्वकप विजेता स्पेनले त्यसयता विश्वकपमा सम्झन लायक छवि बनाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम