मुख्य समाचार
बेल्जियम र इजिप्टले १/१ बराबरी
बेल्जियम र इजिप्टले १/१ बराबरी

: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एचको दोस्रो खेलमा साउदी अरेबिया र उरुग्वेले बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा भएको खेलको पहिलो हाफमा साउदी अरेबियाले १-० को अग्रता बनाएको थियो।

खेलको पाँचौं मिनेटबाट उरुग्वेले कर्नर मार्फत साउदी अरबियाविरुद्ध दबाब सिर्जना गर्न खोजेको थियो। खेलको ४१ औं मिनेटमा साउदी अरबियाले गोल गर्यो। साउदी अरेबियाका लागि अब्दुल्लाह अल अम्रीलेपहिलो प्रहारलाई किपरले पन्च गर्दै फर्काएको बलमा उनले दोस्रो टच मार्फत उत्कृष्ट फिनिस गरेका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा उरुग्वेले फ्री किकमार्फत बराबरी गर्ने कोसिस गरेको थियो। उक्त प्रहारलाई साउदी अरेबियाका किपरले बचाव गरिदिए।



दोस्रो हाफमा ओरोगवे केही आक्रमक खेल रणनीति सहित मैदानमा उत्रियो। फलस्वरूप दोस्रो हाफको अधिकांश समय साउदी अरेबिया डिफेन्स गर्नमा‌ नै व्यस्त भयो।
लगातारको दबावपछि खेलको ८० औं मिनेटमा उरुग्वेले साउदी अरबिया विरुद्ध बराबरी गोल फर्कायो। उरुग्वेको लागि म्याक्सिमिलियानो अराउजोले किपरले पन्च गरेर रिबाउन्ड भएको बललाई बाया तर्फबाट फिनिस गरे।

निर्धारित ९० मिनेटमा थप गरिएको पहिलो मिनेटमै उरुग्वेले गरेको प्रहार साउदी अरेबियाका किपरले बचाव गरे।

आजको पहिलो खेलमा बेल्जियम र इजिप्टले १/१ बराबरी खेल्दै अङ्क बाँडेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम