मुख्य समाचार
बेल्जियम र इजिप्टले १/१ बराबरी
बेल्जियम र इजिप्टले १/१ बराबरी

: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एचको दोस्रो खेलमा साउदी अरेबिया र उरुग्वेले बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा भएको खेलको पहिलो हाफमा साउदी अरेबियाले १-० को अग्रता बनाएको थियो।

खेलको पाँचौं मिनेटबाट उरुग्वेले कर्नर मार्फत साउदी अरबियाविरुद्ध दबाब सिर्जना गर्न खोजेको थियो। खेलको ४१ औं मिनेटमा साउदी अरबियाले गोल गर्यो। साउदी अरेबियाका लागि अब्दुल्लाह अल अम्रीलेपहिलो प्रहारलाई किपरले पन्च गर्दै फर्काएको बलमा उनले दोस्रो टच मार्फत उत्कृष्ट फिनिस गरेका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा उरुग्वेले फ्री किकमार्फत बराबरी गर्ने कोसिस गरेको थियो। उक्त प्रहारलाई साउदी अरेबियाका किपरले बचाव गरिदिए।



दोस्रो हाफमा ओरोगवे केही आक्रमक खेल रणनीति सहित मैदानमा उत्रियो। फलस्वरूप दोस्रो हाफको अधिकांश समय साउदी अरेबिया डिफेन्स गर्नमा‌ नै व्यस्त भयो।
लगातारको दबावपछि खेलको ८० औं मिनेटमा उरुग्वेले साउदी अरबिया विरुद्ध बराबरी गोल फर्कायो। उरुग्वेको लागि म्याक्सिमिलियानो अराउजोले किपरले पन्च गरेर रिबाउन्ड भएको बललाई बाया तर्फबाट फिनिस गरे।

निर्धारित ९० मिनेटमा थप गरिएको पहिलो मिनेटमै उरुग्वेले गरेको प्रहार साउदी अरेबियाका किपरले बचाव गरे।

आजको पहिलो खेलमा बेल्जियम र इजिप्टले १/१ बराबरी खेल्दै अङ्क बाँडेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...