मुख्य समाचार
इरान र न्यूजिल्यान्डले २–२ बराबरी
इरान र न्यूजिल्यान्डले २–२ बराबरी

: फिफा विश्वकप २०२६ अन्तर्गत समूह जी को दोस्रो खेलमा इरान र न्यूजिल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन्। लस एन्जल्स स्टेडियममा भएको खेलमा इरान र न्यूजिल्यान्डले २–२ बराबरी खेलेका हुन्।

पहिलो हाफ १–१ बराबरीमा रोकिएको खेल दोस्रो हाफमा पनि १–१ गोल हुँदा बराबरीमा सकिएको हो। न्यूजिल्यान्डका लागि एलिजाह जस्टले पहिलो गोल गरेका हुन्। उनले इरानी पेनाल्टी एरियामा बललाई नियन्त्रणमा लिए र त्यसलाई पोस्टको दिशा दिए ।
खेलको ३२ औं मिनेटमा इरानले बराबरी गोल फर्कायो। इरानका लागि रामिन रेजाइएनले गोल गरेका हुन्।



पहिलो हाफको थप गरिएको ६ मिनेटको पाँचौं मिनेटमा इरानले गरेको हेडर गोल अफसाइड घोषणा गरिएको हो। जसका कारण पहिलो हाफ १–१ बराबरीमा सकिएको थियो।
खेलको ५५ औं मिनेटमा न्यूजिल्यान्डले दोस्रो गोल गरेको हो। न्यूजिल्यान्डको लागि एलिजाह जस्टले गोल गरेका हुन्। क्रिस वुडको उत्कृष्ट क्रस पासमा उनले राम्रो फिनिस गरे। न्यूजिल्यान्डका लागि विश्वकपमा २ गोल गर्ने जस्ट पहिलो खेलाडी बनेका छन्।
खेलको ६४ औं मिनेटमा इरानले बराबरी गोल फर्कायो। इरानका लागि मोहम्मद मोहेबीले उत्कृष्ट हेडरमार्फत गोल गरेका हुन्। उनलाई रामिन रेजाएइयनले निकै राम्रो असिस्ट गरेका थिए।

खेल बराबरीमा सकिए पनि युद्धका कारण विश्वकप खेल्ने अनिश्चित रहेको इरानले विश्वकपमा अंक जोडेको छ। आज भएका ३ वटै खेल बराबरीमा सकियो। आजको पहिलो खेलमा बेल्जियम र इजिप्टले १–१ गोल गरे। दोस्रो खेलमा पनि साउदी र उरुग्वेले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...