। नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा सभामुख उपस्थित हुनु र नहुनेले अब केही फरक नपर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘प्रमुख प्रतिपक्षी दलको नेताको हैसितमा भन्छु- उहाँ आउनुस् नआउनुस् हामीलाई अब सरोकार भएन । उहाँ अब गौण हुनुभयो । अब हामीलाई उहाँको उपस्थिति जरुरी भएन प्रधानमन्त्रीले जेठ १७ गते सदनमा बोलेको कुरा घोर भर्त्सना गर्दछौं,’ उनले भने, ‘सदनलाई अवरोध गरिराख्दा अनेकौँ जरुरी किराना लाग्छ । नेपाली कांग्रेसले निहुँमा यही बाहनामा देशलाई घाटा हुन्छ भन्ने बुझेको छ ।’
उनले आफ्नै पार्टीमा अहिले प्रधानमन्त्रीलाई पेलेर अप्ठ्यारो पारिदिउँ भन्ने प्रस्ताव आएको पनि बताए । ‘मेरै पार्टीभित्र पनि प्रधानमन्त्रीलाई अलि गाह्रै हुने गरी पेल्नुपर्छ भन्ने विचार नआएको हैन । प्रधानमन्त्रीलाई गाह्रो पार्ने मौका थियो,’ उनले भने, ‘सीमा विवादको बारे लम्बिँदै जाँदा राष्ट्रियता कमजोर हुने अवस्था छ । प्रधानमन्त्रीले सदनमा आएर सफाइ दिनुपर्छ भन्ने स्टेटमेन्ट हाम्रो अझै छ ।उहाँले भुलबस बोलेको कुरा इतिहासमा दर्ज हुन्छ । सदनको रेकर्डमा छ ।’