मुख्य समाचार
१९९४ देखि २०२६ सम्म भए यस्ता परिवर्तन
१९९४ देखि २०२६ सम्म भए यस्ता परिवर्तन

। फिफा विश्वकप फुटबलको २३औं संस्करण भोलिदेखि सुरु हुँदैछ । सन् १९३० देखि सुरु भएको विश्वकपको १५औं संस्करण आयोजना गरेको अमेरिकाले दोस्रोपटक विश्वकप आयोजना गर्दैछ ।

सन् १९९४ मा अमेरिकाले पहिलोपटक फिफा विश्वकप आयोजना गर्दा प्रतियोगितामा २४ टोली थिए, ५२ खेल हुन्थे र फाइनलको सबैभन्दा महँगो टिकट ४७५ डलरमा पाइन्थ्यो । उक्त संस्करणको उपाधि ब्राजिलले जितेको थियो ।

३२ वर्षपछि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकप २०२६ मा भने ४८ टोली, १०४ खेल र फाइनलका टिकटको मूल्य १० हजार डलरभन्दा माथिसम्म पुगेको छ ।

विश्वकप आकारमा मात्र होइन, संरचना, नियम र अनुभवका हिसाबले पनि पूर्ण रूपमा बदलिएको छ । यो ३२ वर्षका दौरान अन्य केके कुरा परिवर्तन भएका छन् त ? आज चर्चा गरेका छौं ।

टिकटको मूल्य आकाशियो

सन् १९९४ मा समूह चरणका खेलका टिकट २५ देखि ७५ डलरसम्म थिए भने फाइनलका टिकट १८० देखि ४७५ डलरसम्मका थिए । २०२६ मा समूह चरणका खेलका टिकट १४० डलरदेखि २ हजार ७३५ डलरसम्म पुगेका छन् ।

फाइनलका टिकट ४ हजार १८५ देखि ८ हजार ६८० डलरसम्म बिक्रीमा राखिएको थियो, जसको उच्च मूल्य पछि बढाएर १० हजार ९९० डलर पुर्‍याइएको छ।

२४ टोलीबाट ४८ टोलीसम्म

१९९४ विश्वकप २४ टोलीसहित हुने अन्तिम संस्करण थियो । त्यसपछि १९९८ देखि ३२ टोलीको ढाँचा लागू भएको थियो ।

२०२६ मा पहिलोपटक ४८ टोली सहभागी हुनेछन् । नयाँ राउण्ड अफ ३२ थपिएपछि उपाधि जित्ने टोलीले अब सात होइन आठ खेल खेल्नुपर्नेछ ।

मैदान पनि मापदण्डअनुसार

१९९४ मा फिफाले ६८ मिटर चौडाइ र १०५ मिटर लम्बाइको मापदण्ड तोके पनि कतिपय रंगशालामा साँघुरा मैदान प्रयोग गर्न छुट दिइएको थियो ।

२०२६ मा भने सबै रंगशालालाई फिफाको सोही मापदण्ड अनुसार हुनुपर्ने गरी परिमार्जन गरिएको छ ।

दर्शक संख्या झन्डै दोब्बर

१९९४ मा ५२ खेलमा ३५ लाख ९० हजार दर्शक पुगेका थिए, जुन त्यतिबेलाको कीर्तिमान थियो । १०४ खेल हुने २०२६ विश्वकपमा ६० देखि ७० लाख दर्शक पुग्ने अनुमान गरिएको छ ।

एक आयोजक देशबाट तीन देशसम्म

१९९४ को विश्वकप अमेरिकाका नौ रंगशालामा मात्र आयोजना गरिएको थियो । २०२६ मा भने अमेरिका, क्यानडा र मेक्सिकोका १६ रंगशालामा खेल हुनेछ ।

क्वार्टरफाइनलदेखि फाइनलसम्मका सबै खेल अमेरिकामा हुनेछन् ।

आधुनिक रंगशाला र लक्जरी सुविधा

१९९४ का धेरै रंगशालामा अहिलेको जस्तो अत्याधुनिक सुविधा थिएन । २०२६ का अमेरिकास्थित ११ वटै रंगशाला एनएफएल टोलीका घरेलु मैदान हुन्, जहाँ प्रशस्त लक्जरी सुइट र प्रिमियम सिटको व्यवस्था छ।

अब खेलमा ‘कूलिङ ब्रेक’

१९९४ मा गर्मी र आद्रताबीच पनि खेल रोकिँदैनथ्यो । २०२६ मा भने प्रत्येक हाफमा तीन मिनेटको ‘वाटर ब्रेक’ हुनेछ ।

प्रशिक्षकहरूले यसलाई रणनीति बनाउने अवसरका रूपमा पनि प्रयोग गर्न सक्नेछन् ।

खेलाडी परिवर्तनको नियममा ठूलो परिवर्तन

१९९४ मा टोलीहरूले दुई खेलाडी मात्र परिवर्तन गर्न पाउँथे । विशेष अवस्थामा गोलकिपरका लागि तेस्रो परिवर्तनको व्यवस्था थियो । २०२६ मा आइपुग्दा यो नियम धेरै हदसम्म परिवर्तन भइसकेको छ ।

अहिले निर्धारित समयमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । अतिरिक्त समयमा छैटौं परिवर्तन र कन्कसन (टाउकोमा चोट) लागेमा थप खेलाडी परिवर्तनको सुविधा पनि हुनेछ ।

जर्सीमा नाम लेख्ने सुरुआत

१९९४ विश्वकपबाट खेलाडीको नाम जर्सीमा राख्न थालिएको थियो, जुन अहिले विश्व फुटबलको सामान्य अभ्यास बनेको छ ।

विश्वकप सञ्चालनको शैली पनि फेरियो

१९९४ सम्म विश्वकप आयोजना स्थानीय आयोजक समितिले सम्हाल्ने गर्थ्यो । अमेरिकाको विश्वकप आयोजना समितिको नेतृत्व अमेरिकी फुटबल महासंघका तत्कालीन अध्यक्ष एलन रोथेनबर्गले गरेका थिए ।

२०२६ मा भने प्रतियोगिताको अधिकांश व्यवस्थापन फिफाले प्रत्यक्ष रूपमा गरिरहेको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनो यस संस्करणका सबैभन्दा प्रभावशाली अनुहारमध्ये एक बनेका छन् ।

***

सन् १९९४ को विश्वकपले अमेरिकामा फुटबलको लोकप्रियता बढाउने आधार तयार गरेको थियो । ३२ वर्षपछि त्यही भूमिमा फर्किएको विश्वकप आकार, प्रविधि, व्यापार, नियम र दर्शक अनुभवका हिसाबले निकै फरक भइसकेको छ ।

२४ टोली र ५२ खेलबाट सुरु भएको यात्रा अब ४८ टोली र १०४ खेलसम्म पुगेको छ। प्रश्न भने अझै उही छ– विश्वकप ठूलो त भयो, तर के अझ राम्रो पनि भयो ?

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम