मुख्य समाचार
देश गम्भीर संकटको भूमरीमा फसेकको
देश गम्भीर संकटको भूमरीमा फसेकको

। नेकपा एमाले प्रतिनिधिसभा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले देश गम्भीर संकटको भूमरीमा फसेकको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘आज देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको छ । यो संकट दुइटा परिघटनाबाट उत्पन्न भएको हाम्रो ठहर छ,’ बादलले भने ।

‘पहिलो घटना जेठ १७ गते प्रधानमन्त्री बालेन शाहले नेपालको भारतको जग्गा मिचेको भन्नेबाट संकट उत्पन्न भएको हो,’ बादलले भने, ‘त्यो घोषणा र अभिव्यक्तिबाट यो संकट उत्पन्न भएको हो । यो घोषणा रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमण जानुको ठीक एक दिन अगाडि आकस्मिक रूपमा यो रोष्ट्रममा आएर उहाँले त्यो सन्देश दिनुभएको हो ।’

त्यो बिन्दुबाट अर्को रास्वपाका सभापति लामिछाने दिल्लीमा गएर जुन विचार व्यक्त गरेको अर्को बिन्दु रहेको उनले बताए । ‘हामी विगतका बोझ लिएर अगाडि बढ्न चाहँदैनौं, यो अभिव्यक्तिले संकट पैदा गरेको हो,’ उनले भने ।




त्यो बिन्दुबाट पछाडि फर्केर हेर्दा भदौ २३ र २४ गतेबाट संसद् विघटन र नयाँ सरकार गठन जोडिने उनले बताए । ‘त्यो बेला एक जनप्रतिनिधिले अर्को जनप्रतिनिधिलाई मन्त्री बन्नुछ भने अमुक दूतावासको अनुमति लिनुपर्छ भन्ने विगतका घटना पुन:स्मरण भएर आउँछ,’ उनले भने ।

‘रास्वपाका तत्कालीन महासचिव मुकुल ढकालको सनसनीखेज खुलासा व्यक्त गर्नुभएको थियो, कुनै शीर्ष नेताले प्रधानमन्त्री हुनका निम्ती म जे पनि सम्झौता गर्न तयार छु, त्यो कुरा भारतको प्रधानमन्त्रीसम्म पुर्‍याइदेउ भन्ने,’ बादलले अगाडि भने, ‘त्यो बिन्दु र यो बिन्दु जोडेर हेर्दा संकटको स्रोत थाहा हुन्छ ।’

यी संकटको समाधान प्रधामनन्त्री बालेन, रास्वपा सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालको हातमा रहेको बताए ।

त्यसमा बालेनले संसद्को रोस्ट्रममा उभिएर आफ्नो भनाइ फिर्ता लिएर माफी माग्ने वा रास्वपा सभापति लामिछानेले आफ्ना प्रधानमन्त्रीलाई माफी माग्न लाउने वा सभामुख अर्यालले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्’ शाहीले ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे धारणा राख्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । ‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलत: दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्,’ मन्त्री खनालले भने, ...
। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । विपक्षीले प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने अडान राखे पनि अन्तिममा परराष्ट्रमन्त्रीले जवाफ दिने भएपछि विपक्षीले सदन चलाउन सहमति भएका थिए । आज बैठकमा मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको विषयमा लक्षित भएको बताए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर ...
। जलविद्युत् आयोजना सम्बन्धी अनुमतिपत्रको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिता समीक्षा गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन पेस गरेको छ । समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावको कानुनी र प्राविधिक मूल्यांकन सहित तत्कालै कार्यान्वयनमा ...
। नेपाली कांग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबारे गम्भीर प्रश्न उठेको बताएको छ । तर त्यस्तो प्रश्नबारे मौन रहेको भनेर पनि प्रश्न गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्कै रोष्ट्रमबाट भने, ‘हिजो मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीकोबारे गम्भीर प्रश्न उठ्यो । सबै बरफ किन ?’ अर्थमन्त्री वाग्ले करका दर हेरफेर विवादमा परेका ...