मुख्य समाचार
विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन सबै विद्यालयहरूलाई निर्देशन
विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन सबै विद्यालयहरूलाई निर्देशन

। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन सबै विद्यालयहरूलाई निर्देशन दिएको छ।

केन्द्रले २०८३ जेठ २६ गते एक परिपत्र जारी गर्दै विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता नितान्त व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना कसैलाई पनि नदिन कडा निर्देशन दिएको हो।

विद्यालयहरूबाट विद्यार्थीका व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्था (जस्तै: शैक्षिक परामर्श दातृ संस्थाहरू, ट्युसन सेन्टर वा व्यापारिक कम्पनीहरू) लाई उपलब्ध गराइएको र त्यसबाट विद्यार्थीहरूलाई अनावश्यक मानसिक दबाब परेको भन्दै केन्द्रमा विभिन्न उजुरी र गुनासाहरू प्राप्त भएका थिए। सोही विषयमा गम्भीर ध्यानाकर्षण हुँदै केन्द्रले यस्तो कदम चालेको हो।

उद्देश्य के हो ?

केन्द्रका निर्देशक नीलकण्ठ ढकालद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘विद्यार्थीहरूको व्यक्तिगत विवरणको गोपनीयता, सुरक्षित शैक्षिक वातावरण तथा अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले विद्यालयबाट कुनै पनि विद्यार्थीको व्यक्तिगत विवरण अभिभावकको स्वीकृतिविना अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन तथा यस्ता गतिविधि हुन नदिन आवश्यक सतर्कता अपनाउन अनुरोध छ।’

केन्द्रले यस परिपत्रको कार्यान्वयन र आवश्यक सहजीकरणका लागि सबै स्थानीय तहहरू र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई समेत बोधार्थमार्फत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेता आङ्देम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्तापक्ष केही सांसदहरूले नेपालले भारतको ...
। नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा सभामुख उपस्थित हुनु र नहुनेले अब केही फरक नपर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘प्रमुख प्रतिपक्षी दलको नेताको हैसितमा भन्छु- उहाँ आउनुस् नआउनुस् हामीलाई अब सरोकार भएन । उहाँ अब गौण हुनुभयो । अब हामीलाई उहाँको उपस्थिति जरुरी ...
। सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–११ घर भएका १७ वर्षीय किशोर र झापाको दमक नगरपालिका–६ घर भएका ४८ वर्षीय मनोज विश्वकर्मा छन् । किशोर चोरीमा र मनोज चोरीको सुन किनेको आरोपमा पक्राउ परेका हुन् । मनोज सुन पसल सञ्चाल समेत हुन् । ...
। ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका नेपाली ब्रो भनिने कुमार थापा मगरलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले पाँच पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित दिएको हो । योसँगै उनी अब कम्तीमा पनि ५ दिन हिरासतमा रहनेछन् । उनलाई अहिले प्रहरी बालाजुमा राखेर अनुसन्धान ...
। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरिएको हो । आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन भनेको थियो । त्यतिबेलाको सूचनाअनुसार जेठ ...