मुख्य समाचार
नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल
नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल

। नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल भएको छ । केही दिनअघि एसियन गेम्स छनोटमा पनि असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । बुधबार विहान भएको क्‍वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो ।

थाइलयान्डले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक अविजित २० रन बनाइन् । सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

थाइल्यान्डका लागि थिपात्चा पुथावङले ४ ओभरमा ७ रन मात्र दिएर २ विकेट लिइन् । सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले पनि २-२ विकेट लिए भने फनिता मायाले १ विकेट लिइन् ।

त्यसअघि वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो ।

थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले अर्धशतकीय पारी खेलिन् । उनले ५१ बलमा अविजित ६३ रन बनाइन् । फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन बनाइन् ।

नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।

नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनोटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनोट हुन असफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम