मुख्य समाचार
विदेश जान व्यक्तिगत रुपमा कुनै मोह छैन
विदेश जान व्यक्तिगत रुपमा कुनै मोह छैन

। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले फिफा र एएफसीको पटक पटकको निर्देशनपछि पनि एन्फामाथिको अनुचित हस्तक्षेप नरोकिएको दाबी गरेका छन् ।

फिफा विश्वकप २०२६ को उद्घाटन जानबाट रोक लगाएपछि महासचिव राईले सामाजिक सञ्जालमार्फत फुटबलमा तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको दाबी गरेका हुन् ।

‘विदेश जान व्यक्तिगत रुपमा कुनै विशेष मोह छैन । तर फिफाले सन्सार भरिका २११ देशको अध्यक्ष र महासचिवलाई निमन्त्रणा गर्दछ (फिफाको सम्पुर्ण खर्चमा) र विश्वकप फुटबलको उद्घाटन समारोहमा सहभागी गराई केही दिनको आगामी चार बर्षको बजेट र फुटबल विकास कार्यक्रमबारे फुटबल समिट रहेको हुँदा देशको लागि महत्त्वपूर्ण थियो जुन कुरा हिजो राखेपलाई बुझाउने प्रयास गरियो । तर बुझनु भएन’ उनले लेखेका छन् ।

फिफा विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव राईलाई अध्यागमन अधिकारीहरुले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका थिए । अध्यागमन विभागले विदेश जान रोक लगाएका कारण उनीहरुलाई विमानस्थलबाटै फर्काइएको हो ।

महासचिव राईले आफुहरुले देशको लागी काम गर्न खोजेको जिकीर गरेका छन् । ‘हामीलाई रोकिन्छ भन्ने पुर्वसूचना हँुदाहुँदै पनि आज हामी निर्धारित समयमा एअरपोर्ट गएका हौ किनकी यदि हामीले फिफाको कार्यक्रममा सहभागी हुन नसकेको उचित कारण दिन नसक्दा फिफाले हामी माथि नै प्रश्न खडागर्ने अवस्था आउने थियो,’ उनले लेखेका छन् ।

आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम