मुख्य समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ लिएका छन्
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ लिएका छन्

: नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ लिएका छन्।

शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सपथ खुवाएका हुन्।

मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङ र पुनलाई मन्त्रीका लागि सिफारिस गरेका थिए। राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए।



गुरुङ यसअघि पनि शाह नेतृत्वको सरकारमा गृहमन्त्री थिए। सम्पत्ति शुद्धीकरण विवाद मुछिएपछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको थियो। समितिले उनलाई 'क्लिन चिट' दिएपछि प्रधानमन्त्री शाहले पुनः गृहको जिम्मेवारी दिएका हुन्।

त्यस्तै पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्री बनेका थिए। फागुन २१ को निर्वाचनअघि राजीनामा दिएर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता रिसाए भनेर भन्दा जनता रिसाए भनेर चिन्ता गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै थापाले केन्द्रको चिन्ता नगरी जिल्लाका जनताको चिन्ता गर्न सुझाव दिए । पार्टीको साधारण सदस्यको महत्व ठूलो भएकाले त्यसको कदर र संरक्षण गर्नु सबैको ...
: प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने बिपक्षी दलले सीमाका बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको बिपक्षी दलको बैठकले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति अविलम्ब फिर्ता लिनुपर्ने अडान कायमै राख्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ...
: राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन शाहले दिएको वक्तव्य गलत भएकाले स्पष्ट पार्नुपर्ने बताएकी छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले सदन विपक्षले नभई सत्ता पक्षले गरिरहेको बताएकी हुन्। उनले प्रधानमन्त्रीले आफ्नो भनाई सच्याउनुबाहेक संसद अवरोध हट्ने अर्को उपाय नदेखेको बताइन्। उनले भनिन्, ‘संसद अवरोध हटाउन दुईवटा विकल्प छन् । प्रधानमन्त्री बालेनको भनाईमा समर्थन ...
: विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएलगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। नवनियुक्त मन्त्री पुनले आफू धेरै समय पदमा नबस्ने बताए। उनले मन्त्रालयमा रातदिन काम गर्ने बढीमा तीन वर्षमात्र मन्त्री पदमा बस्ने उनको भनाइ छ। 'विज्ञान, प्रविधिको कुरामा ढिला हिंडेर ठाउँमा पुगिँदैन। द्रूत गतिमा, ...
: गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन्। दोस्रोपटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। त्यस्तै जेनजी आन्दोलनमा फौजदारी अभियोग लगाइएकाहरूको हकमा मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि गृहमन्त्री गुरुङले गरेका छन्। त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने, ...