मुख्य समाचार
विश्वकप फुटबल खेलाउन छनोट भएका सोमाली रेफ्री अर्तानलाई अमेरिका प्रवेशमा रोक
विश्वकप फुटबल खेलाउन छनोट भएका सोमाली रेफ्री अर्तानलाई अमेरिका प्रवेशमा रोक

। फिफा विश्वकप २०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाली फुटबल रेफ्री ओमार अब्दुल्कादिर अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ ।

विश्वकपको फाइनल चरणमा रेफ्री बन्ने पहिलो सोमाली नागरिकका रूपमा इतिहास रच्ने तयारीमा रहेका अर्तानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी अध्यागमन अधिकारीहरूले रोकेका हुन् ।

अमेरिका प्रवेश अनुमति नपाएपछि उनलाई फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको बीबीसीले जनाएको छ । अर्तान हाल टर्कीमा रहेको बताइएको छ ।

अमेरिकी अध्यागमन अधिकारीहरूले अर्तानलाई किन प्रवेशमा रोक लगाइएको हो भन्नेबारे आधिकारिक जानकारी दिएका छैनन् । तर सोमालिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) सूचीमा रहेका देशहरूमध्ये एक हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी अधिकारीहरूसँगको छलफलपछि अर्तानले विश्वकपमा प्रशिक्षण लिन र खेल सञ्चालन गर्न नसक्ने पुष्टि गरेको छ ।

फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म्याच अफिसियल ओमार अब्दुल्कादिर अर्तानलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्न नदिइएकाले उनी फिफा विश्वकप २०२६ मा प्रशिक्षण लिन तथा खेल सञ्चालन गर्न असमर्थ हुनेछन् ।’

अर्तानसँग थियो कूटनीतिक राहदानी

फिफाले आफूहरू भिसा वा अध्यागमन प्रक्रियामा संलग्न नहुने स्पष्ट गर्दै कसलाई देशभित्र प्रवेश अनुमति दिने र कसलाई नदिने भन्ने निर्णय गर्ने अधिकार आयोजक देशको सरकारसँग नै हुने जनाएको छ ।

सोमालियाको युवा तथा खेल मन्त्रालयका एक वरिष्ठ सल्लाहकारले बीबीसीसँग कुरा गर्दै अर्तानसँग सबै वैध यात्रा कागजात रहेको भए पनि उनलाई प्रवेश नदिइएको पुष्टि गरेका छन् ।

नैरोबीस्थित सोमाली दूतावासका एक अधिकारीका अनुसार अर्तानलाई विगतमा भिसा सम्बन्धी समस्या देखिएकाले उनको सहज आवतजावतका लागि विशेष रूपमा कूटनीतिक राहदानी जारी गरिएको थियो ।

यसैबीच सोमाली फुटबल महासंघ (एसएफएफ) ले अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको विषयमा फिफासँग तत्काल जवाफ मागेको छ । बीबीसी वर्ल्ड सर्भिससँग कुरा गर्दै विश्वकपसम्बन्धी ह्वाइट हाउस टास्क फोर्सका प्रमुख एन्ड्रुयु जुलियानीले व्यक्तिगत विवरण खुलाउन नसकिने बताए पनि अमेरिकी सीमा तथा भन्सार सुरक्षाले सही निर्णय गरेको दाबी गरेका छन् ।

‘वर्षको उत्कृष्ट पुरुष रेफ्री’ थिए अर्तान

अर्तान फिफाले विश्वकप २०२६ का लागि घोषणा गरेका ५२ जना रेफ्रीमध्ये एक थिए । उनी सन् २०२५ मा अफ्रिकी फुटबल महासंघ (ऋब्ँ) द्वारा ‘वर्षको उत्कृष्ट पुरुष रेफ्री’ घोषित भएका थिए ।

सन् २०१८ देखि फिफा रेफ्री रहेका अर्तानले अफ्रिका कप अफ नेसन्स (ब्ँऋइल्) लगायतका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल सञ्चालन गरिसकेका छन् ।

क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो। एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल ...
। चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था मिलाइएको नेटवर्कले जनाएको छ। नेटवर्कका अनुसार, नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, ...
। स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी ...
। इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम