: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भारत भ्रमणको जानकारी गराएका छन्। नयाँ निर्वाचनपश्चात पहिलोपटक बसेको बैठकमा लामिछानेले आफ्नो भारत भ्रमणकाबारेमा जानकारी गराएको र सरकारले गरेका कामप्रतिको सुझाव दिन आग्रह गरेको र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
उनले दलबीच संवाद हुनु सकरात्मक भएको र भारत भ्रमण जानु अगाडि राखेको भए उत्तम हुने सुझाव दिएको जानकारी दिए। संसदमा गणतीय हिसाबमा विपक्षी दल कमजोर रहेपनि शक्ति पृथकीकरण भत्काउने काम नहोस् भन्ने सुझाव दिएको बताए। उनले देश जित्नेको मात्र नभई हार्नेको पनि भएको जानकारी गराएको बताए । उनले सरकारले गर्ने गलत क्रियाकलापको सिकार देशले व्यहोर्नुपर्ने भएकाले अपरिपक्क क्रियाकलाप नगर्न चेतावनी दिएको बताए।null
उनले वैदेशिक सम्बन्ध, कुटनीतिक विषय र सीमाका विषयमा सरकारलाई संवेदनशील बन्न आग्रह गरेको बताए। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले सरकारले विगतका बोझ बोक्दिनँभन्दा गलत सन्देश जाने सुझाव दिएको उल्लेख गरे।
‘सरकारले गर्ने गलत क्रियाकलापको शिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ। त्यसकारण परिपक्व व्यवहार गरियोस्, चाहे प्रधानमन्त्रीले सीमासम्बन्धमा दिएको मन्तव्य होस् वा रास्वपाको सवालमा परराष्ट्रमन्त्री भारतमा गएर हामीले विगतको भारी बोक्दैनौं भन्नुभएको कुरा होस्, त्यसले धेरै अर्थ राख्छ।’ उनले भने,‘हामीले लिम्पियाधुरा, लिपुलेक कालापानी हाम्रो हो भनेर ऐतिहासिक तथ्य, प्रमाणको आधारमा सर्वसम्मतिले संविधानमा राखेको कुरा छ। त्यो पनि बोक्दिनँ भन्ने अर्थ लाग्न सक्छ।’