मुख्य समाचार
क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित
क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित

। क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । संघको सोमबार राति सम्पन्न पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी क्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरे ।

दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित थापा भैरहवाका व्यवसायी हुन् । उनी होटेल तथा कलेज सञ्चालक समेत हुन् । चार वर्षअघि भएको निर्वाचनमा पनि गौचन थापासँगै पराजित भएका थिए ।

निर्वाचनमा थापा र गौचन पक्षले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीसहित अधिकांश सदस्यमा पनि थापा प्यानलका उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन् ।

निर्वाचन प्रमुख कूलमणि ज्ञवालीका अनुसार संघको महिला सदस्यमा उमा अधिकारी र अन्य सदस्यमा प्रशान्तविक्रम मल्ल, निरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएका हुन् । उमा अधिकारी सिद्धार्थ नगरपालिकाकी उपप्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिफा विश्वकप २०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाली फुटबल रेफ्री ओमार अब्दुल्कादिर अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ । विश्वकपको फाइनल चरणमा रेफ्री बन्ने पहिलो सोमाली नागरिकका रूपमा इतिहास रच्ने तयारीमा रहेका अर्तानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी अध्यागमन अधिकारीहरूले रोकेका हुन् । अमेरिका प्रवेश अनुमति नपाएपछि उनलाई फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको बीबीसीले ...
। नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल एसियन गेम्स पुरुष क्रिकेट छनोटको ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् । भुर्तेलले प्रतियोगितामा शानदार ब्याटिङ गर्दै ४ खेलमा २ शतक र १ अर्धशतकसहित ३४० रन बनाए । उनी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् । उनले चीनविरुद्धको पहिलो खेलमा ४३ बलमा १२९ रन बनाएका थिए ...
। सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो । त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको छ । फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई राखेप पुगेका थिए । तर, राखेपले तत्कालको अवस्थामा पदाधिकारीलाई विदेश जाने बाटो खुला ...
। डेनमार्कका अनुभवी मिडफिल्डर क्रिस्चियन एरिक्सन युक्रेनविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा मैदानमै ढलेका छन् । डेनिस फुटबल संघका अनुसार उनी केही समयका लागि अचेत भए पनि अहिले सचेत अवस्थामा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ । ओडेन्समा आइतबार भएको खेलको ६५औं मिनेटमा ३४ वर्षीय एरिक्सन अचानक मैदानमा ढलेपछि खेल रोकिएको थियो । चिकित्सकको उपचारपछि उनी ...