मुख्य समाचार
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते

। फिलिपिन्सको मिन्डानाओ टापु क्षेत्रमा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

अधिकांश मानवीय क्षति भवन भत्किँदा र पहिरो जाँदा भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

साराङ्गानी प्रान्तको ग्लान नगरपालिकामा भूकम्पका कारण पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन अधिकारी रेने पुन्जालानका अनुसार साराङ्गानीमै थप ४ जनाको ज्यान गएको छ ।

साराङ्गानीको पहिरोबाहेक अधिकांश मृत्यु भवन भत्किँदा वा भग्नावशेषले च्यापिँदा भएको अधिकारीहरूले बताएका छन् ।
दक्षिणी प्रान्तहरू साउथ कोटाबाटो, दाभाओ ओक्सिडेन्टल तथा बालुट टापुमा मस्जिदलगायतका संरचना क्षतिग्रस्त भएका छन् ।

मनिलास्थित डीजेडआरएच रेडियो नेटवर्कका अनुसार यसको प्रादेशिक कार्यालय रहेको चारतले व्यावसायिक भवन आंशिक रूपमा भत्किएको छ । यद्यपि कर्मचारीहरू सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए ।

पराकम्पनका कारण थप क्षति हुनसक्ने चिन्ता

भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको दोस्रो ठूलो जनसंख्या भएको मिन्डानाओ टापु नजिक समुद्रमा थियो । भूकम्प ३३ किलोमिटर गहिराइमा थियो ।

फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका निर्देशक तेरेसितो बाकोल्कोलका अनुसार यो सन् २०२६ मा फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

उनले पराकम्पनका कारण क्षतिग्रस्त भवनहरू थप भत्किन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।

जनरल सान्तोस सहर सबैभन्दा बढी प्रभावित

अधिकारीहरुका अनुसार जनरल सान्तोस सहर सबैभन्दा बढी प्रभावित भएको छ । यहाँका धेरैजसो कम उचाइका भवनहरू भत्किएका छन् ।

७ लाखभन्दा बढी जनसंख्या रहेको जनरल सान्तोसमा कम्तीमा चार जना बेपत्ता छन् । सुपरमार्केट, गोदाम, विद्यालय तथा अन्य क्षतिग्रस्त भवनहरूमा मानिस फसेको आशंकामा खोज तथा उद्धार कार्य जारी छ ।

भूकम्पका कारण जनरल सान्तोस अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ भने १७ वटा आन्तरिक उडान रद्द भएका छन् ।

राष्ट्रपति फर्डिनान्ड मार्कोसले प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्न तथा विपद् व्यवस्थापन निकायलाई तत्काल उद्धार र राहतमा प्रभावकारी रुपमा परिचालित हुन निर्देशन दिएका छन् ।

‘राष्ट्रिय सरकार सक्रिय रहेको बताउँदै उनले भनेका छन्, ‘हामी मिन्डानाओलाई एक्लो छोड्ने छैनौं ।’

सुनामीको चेतावनी पछि हटाइयो

भूकम्पपछि करिब १ मिटर (३ फिट) अग्लो सुनामीको छाल पनि नजिकका तटीय क्षेत्रमा पुगेको थियो । जाम्बोआङ्गा डेल सुर प्रान्तको एक तटीय गाउँमा सुनामीका छालले खम्बामाथि बनाइएका ६ वटा घरमा क्षति पुर्‍याएको विवरण छ ।

दक्षिणी तटीय क्षेत्रका केही गाउँहरूमा सुनामीका कारण पनि क्षति पुगेको बताइएको छ । इन्डोनेसिया, पलाउ तथा जापानको दक्षिणी भागसम्म पनि साना सुनामी छालहरू मापन गरिएको थियो ।

सुरुमा तीन मिटर उचाइसम्म सुनामी आउनसक्ने चेतावनी जारी गरिए पनि पछि हटाइएको थियो ।

प्रशान्त महासागर सुनामी चेतावनी केन्द्रले भूकम्प गएको करिब पाँच घण्टापछि सुनामीको जोखिम टरेको जनाएको थियो । त्यसपछि फिलिपिन्स सरकारले पनि मध्याह्नपछि सुनामी चेतावनी हटाएको थियो ।

विभिन्न देशबाट सहयोगको प्रतिबद्धता

फिलिपिन्सको सहयोगी राष्ट्र अमेरिकाले मनिलासँग समन्वय गरिरहेको र आवश्यक परे उद्धार तथा राहतमा सहयोग गर्न तयार रहेको जनाएको छ । फ्रान्स, जापान र न्युजिल्यान्डले पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।

फिलिपिन्स प्रशान्त महासागर वरिपरि रहेको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ बारम्बार भूकम्प र ज्वालामुखी विस्फोट हुने गर्छ ।

साथै हरेक वर्ष करिब २० वटा आँधी तथा तूफानले पनि देशलाई प्रभावित पार्ने भएकाले फिलिपिन्स विश्वकै सबैभन्दा बढी प्राकृतिक विपत्तिको जोखिममा रहेका मुलुकहरूमध्ये एक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम