मुख्य समाचार
विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद् सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य
विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद् सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य

। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद् सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनीहरूले संसदलाई छलेर आर्थिक विधेयकमा कुनै हेरफेर गर्ने अधिकार अर्थमन्त्रीलाई नरहेको बताएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले संसद्‌मा टेबल भएको आर्थिक विधेयक र अर्थमन्त्रालयले आफ्नो वेबसाइटमा राखेको आर्थिक विधेयकमा भिन्नता देखिएको बताए ।

‘संसद्‌मा प्रस्तुत भएको विधेयकमा रहेका करका दरमा समेत हेरफेरि गरिएको छ’, उनले भने, ‘संसद्लाई छलेर सरकारले मनलाग्दी हेरफेर गर्न मिल्दैन् । यस्तो कार्य स्वीकार्य छैन् ।’

संसद् छलेर अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयकमा मनलाग्दी रूपमा करका दरमा गरेको संशोधनलाई मान्यता दिलाउन संसद्‌मा त्रुटि सुधारको पत्र दर्ता गराएका छन् ।

संसद्‌मा टेबल भइसकेको कुनै पनि विधेयकमा संसद्को पूर्ण बैठक वा समितिले मात्रै संशोधन गर्नसक्ने संसदीय नियम र अभ्यास छ ।

तर, अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयकमा गरेका संशोधनलाई मान्यता दिलाउन संसद् सचिवालयमा त्रुटि सुधार सम्बन्धी पत्र पठाएका हुन् ।

संसद् सचिवालयका अनुसार अर्थमन्त्रीले पठाएको त्रुटि सुधारको पत्र १७ जेठमै प्राप्त भएको थियो । तर, संसद्‌मा टेबल भइसकेको विधेयकमा संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गर्न नमिल्ने भन्दै संसद् सचिवालयका कर्मचारीले त्यसलाई दर्ता गरेका थिएनन् ।

तर, विधायिकालाई छलेर अर्थ मन्त्रालयले करका दरमा मनलाग्दी संशोधन गरेको विषयमा मिडियामा समाचार प्रकाशित भएपछि मन्त्री वाग्लेले त्यो प्रस्ताव दर्ता गर्न दबाब दिएको संसद् सचिवालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

‘अर्थमन्त्रीले नै त्रुटि सुधार गर्न भन्दै पत्र पठाउनुभएको थियो । तर, संसद्‌मा टेबल भइसकेको विधेयकमा संसद् सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्नै मिल्दैन । त्यही भएर कर्मचारीले दर्ता गर्न मानेका थिएनन्,’ संसद् सचिवालय स्रोतले भन्यो, ‘तर, बुधबार (२० जेठ)मा संसद्का महासचिव पदमप्रसाद पाण्डेयले नै तोक लगाएर दर्ता गर्न पठाएपछि आर्थिक विधेयककै अन्तिममा थपेर पुन: अपलोड गरिएको छ ।’

यसरी संसद्‌मा टेबल भइसकेको विधेयकलाई सरकारले आफूखुसी संशोधन गर्ने र आलोचनाबाट बच्न संसदीय प्रक्रियाविपरीत सचिवालयलाई पत्र पठाउने कुराले विधायिकी प्रक्रियाकै खिल्ली उडाएको भनेर विपक्षीले प्रश्न उठाएका हुन् ।

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले त करका दर हेरफेर र करका दर बारेको सूचना लिक गर्ने कार्यलाई राजद्रोहको संज्ञा दिएका छन् ।

‘जम्मा तीन जनालाई थाहा हुन्छ करका दर । एउटा अर्थमन्त्री, यदि चाह्यो भने अर्थ सचिव र राजश्व सचिव । यदि अर्थमन्त्रीले अनुमति दिनुभयो भयो भने’ शाहीले भने, ‘कसरी सूचना लिक भयो ? यो ठूलो अपराध हो ।’

सुशासनको आडमा सरकार बनेको स्मरण गर्दै उनले सरकार कुशासनको बाटोमा लाग्न नहुने बताए । यस सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै उनले भने, ‘अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ । यो राजद्रोह हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मतजंग कार्कीलाई मनोनीत गरेको छ । काठमाडौं निवासी कार्कीलाई महामन्त्री कविन्द्र बुर्लाकोटीले विभाग सदस्यमा नियुक्त गरेका हुन् । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त विभाग छ । अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा अनुभव संगालेका कार्की विश्वभरका युवा लोकतन्त्रवादीहरू आवद्ध संगठनको सहअध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनले ...
। बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सोमबार दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी जिप चालक पुर्चौडी नगरपालिका–९ तल्लादेहीका ३० वर्षीय कर्णबहादुर बोहरा र पुर्चौडी ...
। प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि विरोध कायमै राखेका छन् । सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारीसहित कार्यसूची पेस गर्ने बताएसँगै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए । उनीहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । विपक्षीले विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक स्थगित भएको जानकारी गराए ।
। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले सही दिशा समातेको बताएका छन् । महासंघले आयोजना गरेको नीति संवादमा सोमबार अध्यक्ष श्रेष्ठले लगानीको वातावरण सुधार गर्न, उत्पादन बढाउन र स्वदेशमै रोजगारी सिर्जना गर्ने सन्दर्भमा बजेटले सही दिशा समातेको दबी गरे । उनी भन्छन्, ‘दशकौंदेखि हाम्रो अर्थतन्त्र संरक्षण, अनौपचारिकता र प्रशासनिक झन्झटको ...
। जनमत पार्टीले प्रधानमन्त्री बालेन शाहलाई मधेश आन्दोलन, थरूहट आन्दोलन तथा स्वराज आन्दोलनसँग सम्बन्धित विगतका सम्झौताहरू कार्यान्वयन गर्न माग गर्दै ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । जनमतका मधेश प्रदेश संसदीय दलका नेता चन्दन सिंह सहितका नेताहरूले ज्ञापन पत्र बुझाएका हुन् । पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतद्वारा ...