मुख्य समाचार
कुशल भुर्तेल एसियन गेम्स पुरुष क्रिकेट छनोटको ‘प्लेयर अफ द सिरिज’ घोषित
कुशल भुर्तेल एसियन गेम्स पुरुष क्रिकेट छनोटको ‘प्लेयर अफ द सिरिज’ घोषित

। नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल एसियन गेम्स पुरुष क्रिकेट छनोटको ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् ।

भुर्तेलले प्रतियोगितामा शानदार ब्याटिङ गर्दै ४ खेलमा २ शतक र १ अर्धशतकसहित ३४० रन बनाए । उनी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् ।

उनले चीनविरुद्धको पहिलो खेलमा ४३ बलमा १२९ रन बनाएका थिए । उक्त खेलमा उनले एकै ओभरमा ६ छक्का समेत प्रहार गरे ।

मलेसियासँगको दोस्रो खेलमा ५४ बलमा १२६ रन बनाए । लगातार दुई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बने ।


ओमानविरुद्धको सेमिफाइनलमा २० रन बनाएका थिए । सोमबार भएको हङकङसँगको फाइनलमा उनले ४० बलमा ६५ रन बनाएर जितको आधार तय गरेका थिए ।

वर्षाले प्रभावित खेलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेर उपाधि जित्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो। एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल ...
। चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था मिलाइएको नेटवर्कले जनाएको छ। नेटवर्कका अनुसार, नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, ...
। स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी ...
। इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम