मुख्य समाचार
सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास सभामुख डोलप्रसाद अर्यालले व्यक्त
सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास सभामुख डोलप्रसाद अर्यालले व्यक्त

। सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास सभामुख डोलप्रसाद अर्यालले व्यक्त गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले यस्तो बताएका हुन् ।

यही १७ जेठमा प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

यही विषयलाई लिएर विपक्षी दलहरूले विरोध गरेका कारण संसद् कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
यस सन्दर्भमा विपक्षी दलहरूलाई मनाउने प्रयासमा सभामुख डोलप्रसाद अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास व्यक्त गरेका हुन् ।

‘विगत केही दिनदेखि सदन स्थगित भइरहेको छ । विषयवस्तु उठिरहेको विषयमा मलाई पनि ध्यानाकर्षण भएको भन्दै आएको छु । यसमा सत्तापक्षबाट विपक्षी दलसँग संवाद भइरहेको पनि जानकारी नै छ,’ सभामुख अर्यालले भने ।

यहीँनेर उनले विपक्षीले उठाएका विषयमा सरकार पनि गम्भीर रहेको बताएका हुन् ।

‘हामीले हाम्रा मुद्दा र विषय दर्ज गराएका छौं । सरकार त्यसका गम्भीर नै हुन्छ भन्ने मलाई विश्वास छ । त्यसकारण हामी पनि हाम्रो कार्यसूचीमा अगाडि बढौं’ सभामुखको आग्रह छ ।

आज प्रतिनिधिसभामा राष्ट्र बैंक ऐन तेस्रो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुँदै छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

यसभन्दा अगाडि सभामा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउनेछन् ।

त्यसपछि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसागै राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ ।

अर्थमन्त्री डा. वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

लगत्तै सभामा अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयकलाई प्रस्तुत गर्ने कार्यसूची छ ।

आज नै अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद् सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनीहरूले संसदलाई छलेर आर्थिक विधेयकमा कुनै हेरफेर गर्ने अधिकार अर्थमन्त्रीलाई नरहेको बताएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले संसद्‌मा टेबल भएको आर्थिक विधेयक र अर्थमन्त्रालयले आफ्नो वेबसाइटमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मतजंग कार्कीलाई मनोनीत गरेको छ । काठमाडौं निवासी कार्कीलाई महामन्त्री कविन्द्र बुर्लाकोटीले विभाग सदस्यमा नियुक्त गरेका हुन् । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त विभाग छ । अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा अनुभव संगालेका कार्की विश्वभरका युवा लोकतन्त्रवादीहरू आवद्ध संगठनको सहअध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनले ...
। बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सोमबार दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी जिप चालक पुर्चौडी नगरपालिका–९ तल्लादेहीका ३० वर्षीय कर्णबहादुर बोहरा र पुर्चौडी ...
। प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि विरोध कायमै राखेका छन् । सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारीसहित कार्यसूची पेस गर्ने बताएसँगै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए । उनीहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । विपक्षीले विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक स्थगित भएको जानकारी गराए ।
। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले सही दिशा समातेको बताएका छन् । महासंघले आयोजना गरेको नीति संवादमा सोमबार अध्यक्ष श्रेष्ठले लगानीको वातावरण सुधार गर्न, उत्पादन बढाउन र स्वदेशमै रोजगारी सिर्जना गर्ने सन्दर्भमा बजेटले सही दिशा समातेको दबी गरे । उनी भन्छन्, ‘दशकौंदेखि हाम्रो अर्थतन्त्र संरक्षण, अनौपचारिकता र प्रशासनिक झन्झटको ...