मुख्य समाचार
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको

। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको बोल्दै उनले जीर्ण रहेको प्रहरी चौकीको पुनर्निर्माणका लागि बजेट नभएको गुनासो गरे ।

महानिरीक्षक कार्कीले सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य रहेको पनि बताए ।

‘अहिले सिमावर्ती क्षेत्रका र संबेदनशिल ठाउँका चौकीहरू पनि भत्किने जीर्ण अवस्थाका छन् । चौकी नै लडेर केही होला कि भन्ने चिन्ता गर्नु पर्ने अवस्थाका छन् । हामीले अहिले २ सय ६३ वटा जीर्ण स्थायी चौकीहरूको जीर्ण भएका छन्, अस्थायीको त हिसाबै भएन,’ महानिरीक्षक कार्कीले भने, ‘जीर्ण भएका चौकीहरूको संघीय मामिला अन्तर्गत स्थानीय तहबाटै बन्ने स्थिति सिर्जना भइदियो भने हाम्रा मान्छेहरू दिनभर ड्युटी गरेपछि बेलुकी एकछिन आम नागरिक जस्तै मानवीय रूपमा स्वभाविक किसिमले बस्न पाउँछन् की भन्ने अपेक्षा छ ।’

अस्थायी चौकीहरू कति जीर्ण छन् भन्ने यकिन हिसाब नै नरहेको बताउँदै उनले संघीय मामिला तथा स्थानीय तहको समन्वयमा जीर्ण चौकीहरूको निर्माण हुनसके प्रहरी कर्मचारीहरूले ड्युटीपछि न्युनतम मानवीय सुविधा पाउने अवस्था सिर्जना हुने बताए ।

‘अस्थायी प्रहरी चौकी माग भएपछि हामीले एकदमै संवेदनशील भएर जरुरी भएको ठाउँमा हामीले राख्ने गरेको छ । प्रहरीको उपस्तिथित भइदिए राज्यको उपस्तिथित पनि हुन्छ तर त्यहाँ भूगोलको कुरा पनि छ । अहिले संवेदनशील क्षेत्रमा अस्थायी रुपमा प्रहरी छ,’ उनले भने, ‘तर अस्थायी किसिमको व्यवस्थाले स्थायी अवस्था सिर्जना नगर्ने हुनाले अस्थायीलाई अलि व्यवस्थित गर्नु पर्छ । त्यसको लागि बजेट चाहिन्छ, बजेटले नै भवन संरचना देखि लिएर लजिस्टिक सबै कुराको व्यवस्थापन गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद् सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनीहरूले संसदलाई छलेर आर्थिक विधेयकमा कुनै हेरफेर गर्ने अधिकार अर्थमन्त्रीलाई नरहेको बताएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले संसद्‌मा टेबल भएको आर्थिक विधेयक र अर्थमन्त्रालयले आफ्नो वेबसाइटमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मतजंग कार्कीलाई मनोनीत गरेको छ । काठमाडौं निवासी कार्कीलाई महामन्त्री कविन्द्र बुर्लाकोटीले विभाग सदस्यमा नियुक्त गरेका हुन् । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त विभाग छ । अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा अनुभव संगालेका कार्की विश्वभरका युवा लोकतन्त्रवादीहरू आवद्ध संगठनको सहअध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनले ...
। बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सोमबार दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी जिप चालक पुर्चौडी नगरपालिका–९ तल्लादेहीका ३० वर्षीय कर्णबहादुर बोहरा र पुर्चौडी ...
। प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि विरोध कायमै राखेका छन् । सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारीसहित कार्यसूची पेस गर्ने बताएसँगै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए । उनीहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । विपक्षीले विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक स्थगित भएको जानकारी गराए ।
। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले सही दिशा समातेको बताएका छन् । महासंघले आयोजना गरेको नीति संवादमा सोमबार अध्यक्ष श्रेष्ठले लगानीको वातावरण सुधार गर्न, उत्पादन बढाउन र स्वदेशमै रोजगारी सिर्जना गर्ने सन्दर्भमा बजेटले सही दिशा समातेको दबी गरे । उनी भन्छन्, ‘दशकौंदेखि हाम्रो अर्थतन्त्र संरक्षण, अनौपचारिकता र प्रशासनिक झन्झटको ...