मुख्य समाचार
रास्वपा नेतृत्वको सरकारको कामकारबाहीबारे राजनीतिक दलहरूसँग सुझाव मागे
रास्वपा नेतृत्वको सरकारको कामकारबाहीबारे राजनीतिक दलहरूसँग सुझाव मागे

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा नेतृत्वको सरकारको कामकारबाहीबारे राजनीतिक दलहरूसँग सुझाव मागेका छन् ।

उनले सिंहदरबारमा सर्वदलीय बैठक राखेर यसबारे सुझाव माग गरेका हुन् ।

‘उहाँ (रवि लामिछाने) ले आफ्नो पार्टी नेतृत्वको सरकारले गरिराखेको काममा केही सुझावरू, केही टिप्पणीहरू छन् कि भनेर माग गर्नुभयो’ सर्वदलीय बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि रास्वपाको नेतृत्वमा एकल बहुमतको सरकार बनेको छ । दुई सिट कम दुई तिहाइ बहुमतको एकल सरकारको नेतृत्व रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् ।

निर्वाचनमा पाएको मत अनुसार सरकार बनाएको रास्वपाले निर्वाचनपछि पहिलो पटक दलहरूसँग औपचारिक रूपमा संवाद राखेको हो ।

सर्वदलीय बैठक नै राखेर रास्वपा सभापति लामिछानेले सरकारको कामकारबाहीबारे सुझाव माग गरेका हुन् ।

जवाफमा दलका प्रतिनिधिहरूले राम्रो सुरुवात गरेको भनेर लामिछानेको प्रशंसा गरेका छन् । सर्वदलीय बैठक बस्ने अभ्यास सुरुवात भएको र यसले निरन्तरता पाउनुपर्ने आग्रह गरे ।

सर्वदलीय बैठक भारत भ्रमणमा जानु अगाडि राखेको भए अझ राम्रो हुने थियो भनेर राप्रपाका अध्यक्ष लिङ्देनले भने ।

लामिछानेले यही १८ जेठदेखि पाँच दिने भारत भ्रमण गरेका थिए । भ्रमणका क्रममा क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।

भारतबाट फर्किएपछि सभापति लामिछानेले सर्वदलीय बैठक राखेका हुन् ।

अहिलेको सरकारको कामकारबाहीको सन्दर्भमा आफूहरूले केही सुझावहरू समेत लिएको लिङ्देनले जानकारी दिए ।

लिङ्देनका अनुसार उनले संसद्मा प्रतिपक्षी कमजोर रहेको र सरकारले आफूहरू विकल्पविहीन छौं भनेर शक्ति पृथकीकरणको सिद्धान्त भत्काउने काम नगरोस् भनेर सुझाएका छन् ।

देश जित्नेको मात्रै नभएर हार्नेको समेत भएको उल्लेख गर्दै परिपक्क व्यवहार गर्न सुझाए । वैदेशिक सम्बन्धको सवालमा अपरिपक्क व्यवहार नदेखाउन आग्रह गरे ।

सीमा विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्ति र रास्वपा सभापति लामिछानेले भारतमा गएर विगतको भारी बोक्दैनौं भनेर दिएको अभिव्यक्ति उचित नरहेको भनेर खबरदारी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सोमबार दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी जिप चालक पुर्चौडी नगरपालिका–९ तल्लादेहीका ३० वर्षीय कर्णबहादुर बोहरा र पुर्चौडी ...
। प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि विरोध कायमै राखेका छन् । सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारीसहित कार्यसूची पेस गर्ने बताएसँगै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए । उनीहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । विपक्षीले विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक स्थगित भएको जानकारी गराए ।
। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले सही दिशा समातेको बताएका छन् । महासंघले आयोजना गरेको नीति संवादमा सोमबार अध्यक्ष श्रेष्ठले लगानीको वातावरण सुधार गर्न, उत्पादन बढाउन र स्वदेशमै रोजगारी सिर्जना गर्ने सन्दर्भमा बजेटले सही दिशा समातेको दबी गरे । उनी भन्छन्, ‘दशकौंदेखि हाम्रो अर्थतन्त्र संरक्षण, अनौपचारिकता र प्रशासनिक झन्झटको ...
। जनमत पार्टीले प्रधानमन्त्री बालेन शाहलाई मधेश आन्दोलन, थरूहट आन्दोलन तथा स्वराज आन्दोलनसँग सम्बन्धित विगतका सम्झौताहरू कार्यान्वयन गर्न माग गर्दै ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । जनमतका मधेश प्रदेश संसदीय दलका नेता चन्दन सिंह सहितका नेताहरूले ज्ञापन पत्र बुझाएका हुन् । पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतद्वारा ...
। जेनजी आन्दोलनमा हिरासतबाट फरार भएका एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय विराज सिंह लवट (खत्री) छन् । उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले सुन्धारागार कारागार नजिकबाट पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ परेका उनी बालाजु वृत्तबाट परार भएका थिए ।