मुख्य समाचार
भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडे, नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ
भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडे, नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई कर्मचारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई कर्मचारीलाई आइतबार पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा सुमीत्रा चन्द र प्रवीण लामिछाने छन् । उनीहरू दुवै जना करारका ग्राउण्ड ह्याण्डलिङ स्टाफ हुन् ।

उनीहरुले पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । भारतको इन्डिगो एयरको उडान भएका एक भारतीय यात्रु भारत जान अध्यागमन जाँचपास भएर वेटिङ रुममा पुगेका थिए ।

त्यहाँ पुगेपछि वायुसेवा निगमका कर्मचारी चन्दले फ्लाई दुबईबाट दुबई जाने बोर्डिङ पास दिएको भेटिएको हो । ती भारतीय नागरिक जेठ ३ गते दुबई उडेका हुन् ।

त्यसपछि ती यात्रु दुबई पुगेको भेटिएको अध्यामगन स्रोतले बतायो । नेपालबाट तेस्रो मुलुक जानुपरे भारतीय नागरिकले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) पेस गर्नुपर्छ ।

त्यसपछि उनीहरु अनुसन्धानमा तानिएका हुन् । अध्यागमन विभागले यसबारे प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको बोल्दै उनले जीर्ण रहेको प्रहरी चौकीको पुनर्निर्माणका लागि बजेट नभएको गुनासो गरे । महानिरीक्षक कार्कीले सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरू ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्कराज राई साम्पाङले नेपाली सेनालाई सीमा सुरक्षामा खटाउनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ । नेपाली सेनालाई राख्नुपर्ने ठाउँ सीमानामा हो तर अन्यन्त्र प्रयोग भइरहेको छ,’ उनले भने । देश रहनका ...
। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । जेठ २४ गते सम्पन्न निर्वाचनबाट नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघबाट डिकबहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन् । प्यानलसहित निर्वाचनमा होमिएका खत्रीको प्यानलबाट १४ जना निर्वाचित भएका छन् । १७ सदस्यीय कार्यसमितिमा खत्री प्यानलबाट ६ जना पदाधिकारी र ८ जना ...
। संघीय संसद् बैठकमा विपक्षीहरूले अवरोध कायमै राख्ने भएका छन् । संसद्‌मा जारी गतिरोध अन्त्य गर्नेगरी रास्वपा सभापति रवि लामिछानेले सोमबार सिंहरदबारमा सर्वदलीय बैठक डाकेका थिए । बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न नसकेको हो । बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका ...
। महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ ५ बजेतिर आफ्नै घर छेउमा खेल्दाखेल्दै अचानक हराएका स्थानीय रोहीत यादवका तीन वर्षीय छोरा मनिकेश यादवको शव सोही ठाउँमा रहेको पोखरीमा फेला परेको हो । पोखरीमा ...