मुख्य समाचार
दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन
दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन

: दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिएको छ। सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा नेपाली पर्यटन व्यवसायीको टोलीले नेपालका आकर्षक एवं उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिएको हो।

उक्त चारदिने अन्तर्राष्ट्रिय पर्यटन मेलाका क्रममा कोरिया आउटबाउन्ड टुरिजम् एसोसिएसन (कोओएफटीए) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शिन जुंग मोक नेतृत्वको उच्चस्तरीय टोलीले नेपाल प्याभिलियनको अवलोकन गरेको थियो। त्यस्तै, दक्षिण कोरियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईले दूतावास टोलीसहित प्याभिलियनको भ्रमण गरी आगन्तुक तथा सहभागी पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेका थिए।

कार्यक्रमका क्रममा चर्चित कोरियाली कलाकार ह्वाङ मानसोकले आफ्नो प्रसिद्ध ‘गंगनम स्टाइल’ मूर्तिको तस्बिर नेपाल पर्यटन बोर्डलाई उपहारस्वरूप प्रदान गरेका थिए। करिब ४५ हजार दर्शक तथा आगन्तुक सहभागी रहेको मेलामा नेपाल प्याभिलियनप्रति कोरियाली पर्यटन व्यवसायी र सर्वसाधारणको उल्लेखनीय चासो देखिएको थियो। विशेषगरी पदयात्रा (ट्रेकिङ), नेपाल भ्रमणका लागि भिसा प्रक्रिया तथा हवाई सम्पर्कका विषयमा मेलामा सहभागी पर्यटन व्यवसायीहरुले जानकारी लिएका थिए।



बोर्डको नेतृत्वमा नेपाली पर्यटन व्यवसायीको सहभागिताले नेपाली पर्यटन व्यवसायीहरूलाई विद्यमान व्यावसायिक साझेदारहरूसँग सम्बन्ध सुदृढ गर्न तथा नयाँ व्यावसायिक सहकार्य विस्तार गर्न महत्वपूर्ण अवसर प्रदान गरेको जनाइएको छ। यसैबीच, नेपाल पर्यटन बोर्डले जुन ४ देखि ६ सम्म सिओल र सुवनमा आयोजित वर्ल्ड टुरिज्म इन्डस्ट्री कन्फरेन्स (डब्ल्यूटीआईसी) २०२६ मा पनि सहभागिता जनाएको थियो। सम्मेलनमा विश्वभरका पर्यटन नेतृत्वकर्ता तथा गन्तव्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रममा बोर्डका निमित्त निर्देशक सुनील शर्माले विश्वव्यापी पर्यटन प्रवृत्ति तथा त्यसको नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभावबारे प्रस्तुति दिएका थिए।

सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर-२०२६ कोरियासहित विश्व पर्यटन बजारका पछिल्ला प्रवृत्ति, नवीन पर्यटन उत्पादन तथा गन्तव्यहरूको प्रवर्द्धनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित छ। मेलामा विभिन्न अनुभव आदानप्रदान कार्यक्रम, पर्यटन प्रदर्शनी तथा विशेष यात्रा प्याकेजहरू प्रस्तुत गरिएका थिए।

दक्षिण कोरिया एसियाको महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एक हो। जहाँबाट वार्षिक करिब तीन करोड नागरिक विदेश भ्रमणमा जाने गरेका छन्। नेपालका लागि पनि कोरिया उच्च सम्भावना बोकेको गुणस्तरीय पर्यटन स्रोत बजारका रूपमा रहेको छ। सन् २०२५ मा मात्रै २३ हजारभन्दा बढी कोरियाली पर्यटकले नेपाल भ्रमण गरेका थिए। कोरियाली पर्यटकहरू विशेषगरी पदयात्रा, पर्वतारोहण तथा नेपालको बौद्ध सम्पदाप्रति आकर्षित हुने गरेका छन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक अर्चना केसी राणा तथा वरिष्ठ अधिकृत सुशीला कुमारी बरालले एसआईटीएफ २०२६ नेपालको सहभागिता समन्वय गर्दै आयोजक, नेपाली प्रतिनिधिमण्डल तथा आगन्तुकहरूसँग सहकार्य गरेका थिए। बोर्डले यस सहभागिताले कोरियाली बजारमा नेपालको पर्यटन प्रवर्द्धन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...
। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् । यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे । हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त ...
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम