मुख्य समाचार
खेलका क्रममा मैदानमै ढले एरिक्सन, हाल अवस्था सामान्य
खेलका क्रममा मैदानमै ढले एरिक्सन, हाल अवस्था सामान्य

। डेनमार्कका अनुभवी मिडफिल्डर क्रिस्चियन एरिक्सन युक्रेनविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा मैदानमै ढलेका छन् । डेनिस फुटबल संघका अनुसार उनी केही समयका लागि अचेत भए पनि अहिले सचेत अवस्थामा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

ओडेन्समा आइतबार भएको खेलको ६५औं मिनेटमा ३४ वर्षीय एरिक्सन अचानक मैदानमा ढलेपछि खेल रोकिएको थियो । चिकित्सकको उपचारपछि उनी आफैं हिँडेर मैदान बाहिरिएका थिए भने त्यसपछि खेल स्थगित गरिएको थियो ।

डेनमार्क टोलीका चिकित्सक मोर्टेन बोएसनका अनुसार एरिक्सनको शरीरमा जडान गरिएको इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) ले अपेक्षाअनुसार काम गरेको थियो । उनी छोटो समयका लागि अचेत भए पनि छिट्टै होसमा फर्किएका थिए ।

एरिक्सन सन् २०२१ को युरोकपमा फिनल्यान्डविरुद्धको खेलका क्रममा हृदयघात भएपछि मैदानमै ढलेका थिए । त्यसपछि उनको शरीरमा आईसीडी जडान गरिएको थियो । सोही उपकरणको सहायताले उनले २०२२ मा पुनः व्यावसायिक फुटबलमा फर्किएका थिए ।

गत सिजन भीएफएल वुल्फ्सबर्गबाट खेलेका एरिक्सनले ३४ खेल खेलेका थिए । युक्रेनविरुद्धको खेल उनको डेनमार्कका लागि १५१औं अन्तर्राष्ट्रिय खेल थियो।

डेनमार्कका कप्तान पियरे-एमिल होजबर्गले घटनापछि सबैले छिटो प्रतिक्रिया दिएको र खेलाडी तथा स्वास्थ्यकर्मीहरूले साहसिक भूमिका खेलेको बताए ।

सन् २०२१ मा जस्तै यसपटक पनि डेनमार्क र युक्रेनका खेलाडीहरूले एरिक्सनलाई उपचार गरिँदा उनको वरिपरि घेरा बनाएर सम्मान प्रकट गरेका थिए ।

डेनमार्कका मुख्य प्रशिक्षक ब्रायन रिमरले एरिक्सन सुरक्षित रहेको र उनले टोलीका खेलाडीहरूलाई आफ्नो अवस्था ठीक रहेको सन्देश पठाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो। एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल ...
। चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था मिलाइएको नेटवर्कले जनाएको छ। नेटवर्कका अनुसार, नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, ...
। स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी ...
। इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम