मुख्य समाचार
जर्मनीका एलेक्जेन्डर जेभरेभले लामो समयदेखि प्रतिक्षित पहिलो ग्रान्डस्लाम उपाधि जिते
जर्मनीका एलेक्जेन्डर जेभरेभले लामो समयदेखि प्रतिक्षित पहिलो ग्रान्डस्लाम उपाधि जिते

। जर्मनीका एलेक्जेन्डर जेभरेभले लामो समयदेखि प्रतिक्षित पहिलो ग्रान्डस्लाम उपाधि जितेका छन् ।

आइतबार भएको फ्रेन्च ओपन पुरुष एकल फाइनलमा उनले इटालीका फ्लाभियो कोबोलीलाई ६-१, ४-६, ६-४, ६-७ (५-७), ६-१ ले पराजित गर्दै करियरकै पहिलो ग्रान्डस्लाम उपाधि जिते ।

२९ वर्षीय जेभरेभका लागि यो चौथो ग्रान्डस्लाम फाइनल थियो । यसअघि खेलेका तीनवटै फाइनलमा पराजित भएका उनले अन्ततः पेरिसमा त्यो अभिशाप तोडे ।

दोस्रो वरीयताप्राप्त जेभरेभले पहिलो सेट सहजै आफ्नो पक्षमा पारेका थिए । तर पहिलोपटक ग्रान्डस्लाम फाइनल खेलेका १०औं वरीयताका कोबोलीले दोस्रो सेट जित्दै खेलमा पुनरागमन गरे। त्यसपछि दुवै खेलाडीबीच कडा प्रतिस्पर्धा देखियो ।

चौथो सेटमा जेभरेभ दबाबमा देखिएका थिए । उनले केही महत्वपूर्ण डबल फल्ट गरे भने क्र्याम्पको समस्या पनि झेले । यद्यपी निर्णायक पाँचौं सेटमा उनले उत्कृष्ट प्रदर्शन गर्दै ३-० को अग्रता बनाए र अन्ततः उपाधि आफ्नो नाम गरे ।

निर्णायक अंक जितेपछि जेभरेभ कोर्टमै ढलेका थिए र भावुक बनेका थिए । योसँगै उनी २०२३ यता यानिक सिनर वा कार्लोस अल्काराज बाहेक ग्रान्डस्लाम जित्ने पहिलो पुरुष खेलाडी बनेका छन् ।

सिनरको प्रारम्भिक चरणमै बहिर्गमन, अल्काराज सहभागी नहुनु र नोभाक जोकोभिच पनि तेस्रो चरणबाटै बाहिरिएपछि जेभरेभलाई उपाधिको प्रमुख दाबेदार मानिएको थियो, र उनले त्यो अपेक्षालाई सफलतापूर्वक पूरा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो। एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल ...
। चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था मिलाइएको नेटवर्कले जनाएको छ। नेटवर्कका अनुसार, नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, ...
। स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी ...
। इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम