मुख्य समाचार
फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

: फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार बिहान ७:३७ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ। शक्तिशाली भूकम्पपछि त्यस क्षेत्रमा निरन्तर ठूला पराकम्पहरू (आफ्टरशक्स) महसुस गरिएका छन्।

भूकम्प लगत्तै फिलिपिन्सको मिन्डानाओ क्षेत्रका केही तटीय इलाकाहरूमा सुनामी आउन सक्ने आशंका गर्दै सतर्कता अपनाउन भनिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र उच्च स्थानतर्फ जान अपिल गरिएको छ भने भूकम्प प्रभावित क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

१६ वटा पराकम्प रेकर्ड

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार मुख्य भूकम्पपछि अहिलेसम्म कम्तीमा १६ वटा पराकम्पहरू रेकर्ड भइसकेका छन्। यी पराकम्पहरूको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म रहेको छ, जसका कारण सर्वसाधारणमा त्रास फैलिएको छ। भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।

यसैबीच, भूकम्पको असर छिमेकी देश इन्डोनेसियामा समेत देखिएको छ। इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी) का अनुसार स्थानीय समय अनुसार बिहान करिब ७:२० बजे देशका तटीय क्षेत्रका तीन स्थानमा सुनामीका लहरहरू प्रत्यक्ष देखिएका हुन्।

बीएमकेजीका अनुसार उत्तर मलुकु प्रान्तको केदी, उलु सियाउ र मेलोनगुआनेमा सुनामीका लहरहरू देखिएका हुन्। यद्यपि, यी लहरहरूको उचाइ ०.०९ मिटरदेखि ०.१९ मिटरको बीचमा मात्रै रहेकाले अहिलेसम्म ठूलो क्षतिको खबर छैन। अर्कोतर्फ, जापानले पनि सम्भावित खतरालाई ध्यानमा राख्दै सुनामीको चेतावनी (Tsunami Advisory) जारी गरेको छ। जापानी अधिकारीहरूले स्थानीय समय अनुसार बिहान ११:०० बजेसम्म देशको दक्षिणी ओकिनावा टापु र प्रशान्त तटीय क्षेत्रका प्रान्तहरूमा १ मिटरसम्म अग्लो सुनामीको लहर आउन सक्ने भन्दै तटीय क्षेत्रका नागरिकहरूलाई सचेत रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम