मुख्य समाचार
मृत्यु प्रकरण : ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ, अनुसन्धान गर्न ५ दिन म्याद थप
मृत्यु प्रकरण : ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ, अनुसन्धान गर्न ५ दिन म्याद थप

। ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भुजेलको मृत्युमा संलग्न रहेको आरोपमा उनका श्रीमान् ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अन्य तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको आरोप छ ।

मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन् ।

उक्त घटनामा जाहेरी परेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जनाएको छ ।

पक्राउ पर्नेहरूमा श्रीमान् थापासहित नुवाकोटको तारकेश्वर–४ घर भएका ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपासलका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका घर भइ हाल काठमाडौंको गोकणेश्वर नगरपालिका–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन् ।

नेपाली ब्रो भनेर चिनिने थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए । घरायसी विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोरङ उर्लाबारीबाट दुई युवक खैरो हेरोइन (ब्राउन सुगर)लाई मलद्वारमा लुकाएको अवस्थामा पक्राउ परेका छन्। उर्लाबारी नगरपालिका–७ गोलचोकबाट प्रहरी टोलीले उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो । प्रदेश १–०२–०५० प १९६० नम्बरको मोटरसाइकलमा सवार उनीहरु शनिबार साँझ ६ बजेतिर शंकास्पद गतिविधि देखिएपछि रोकेर ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् । ‘सर्वदलीय बैठकमा हामी गएनौं । अर्कै कार्यक्रम भएकाले भ्याएनौं’ अध्यक्ष साम्पाङले अनलाइनखबरसँग भने । लामिछानेले आजै सर्वदलीय बैठक बोलाएका हुन् । सिंहदरवारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापति/अध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, श्रम संस्कृति ...
: प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङले गृह मन्त्रालयमा पुनः फर्कन सक्ने संकेत गरेका छन् । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालयमा पुनः फर्र्किएपछि फोटो खिचाउन, खादा माला लगाउन पहिलो दुई महिनासम्म मन्त्रालयमा नधाउन अनुरोध पनि गरेका छन् । सम्पति छानबिन आयोगबाट सफाइ पाउने संकेत गर्दै उनले ...
। रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । स्वास्थ्य समस्याका कारण निवासमै आराम गरिरहेकाले प्रचण्ड सर्वदलीय बैठकमा नजाने भएका हुन् । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सहसंयोजक माधव कुमार नेपाल र नेता वर्षमान पुन अनन्त सहभागी हुनेछन् । प्रचण्डलाई केही दिनअघि निमोनियाको समस्या देखिएको थियो । उनलाई अस्पताल ...
: परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीच रहेको सीमा समस्याको समाधान कूटनीतिक माध्यम र विद्यमान द्विपक्षीय संयन्त्रमार्फत खोजिने बताएका छन्। तीनदिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले सीमा विवादलाई तथ्य, प्रमाण र ऐतिहासिक दस्तावेजका आधारमा समाधान गर्ने नेपालको स्पष्ट अडान रहेको बताए। उनले नेपाल र भारतबीच सीमा समस्यालाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने ...