मुख्य समाचार
सातै प्रदेश सभामा सङ्‍घ–प्रदेश समन्वय शाखा स्थापना गरिने
सातै प्रदेश सभामा सङ्‍घ–प्रदेश समन्वय शाखा स्थापना गरिने

। सातै प्रदेश सभामा सङ्‍घ–प्रदेश समन्वय शाखा स्थापना गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलनले यस्तो नीति तय गरेको हो ।

सम्मेलन पछ्चात सन्देशपत्र जारी गरिएको छ । जसको बुँदा नम्बर २ मा तहगत संसद् र सभाहरूबी प्रभावकारी सहकार्य र अन्तर–आवद्धताको विषय छ ।

यस अन्तर्गत अगाडि भनिएको छ, ‘सङ्‍घीय संसद्सँग समन्वय गर्न सबै प्रदेश सभाले सङ्‍घ–प्रदेश समन्वय शाखा/इकाइ स्थापना गर्ने ।’

साथै अन्तर व्यवस्थापिका मञ्चको सचिवालयको कार्य सङ्‍घीय संसद सचिवालयको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले गर्ने पनि तय गरिएको छ ।

तीनवटै तहका कानुन निर्माण एवम् व्यवस्थापिकीय काम कारबाहीलाई अनुसन्धान तथा विकास र नवप्रवर्तनमा आधारित तुल्याउने भनिएको छ । साथै, सङ्‍घीय संसद्, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारीहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्न सङ्‍घीय संसद् अन्तर्गत एक व्यवस्थापिकीय प्रतिष्ठान स्थापनाको लागि विशेष पहल गर्ने संकल्प गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रम, पूर्व बजेट छलफल एवम् संसदीय बजेट निर्माण कार्यलाई प्रभावकारी र नतिजामूलक बनाउन आगामी आर्थिक वर्षभित्र सङ्‍घीय संसद् र प्रदेश सभाबाट आवश्यक कानुनी व्यवस्था सहित संसदीय बजेट कार्यालय स्थापनाको कार्य अघि बढाउने विषय पनि समावेश छ ।

सङ्‍घीय संसद् तथा प्रदेश सभाका सदस्यहरुको कार्यगत दक्षता अभिवृद्धि गरी कानुन तर्जुमाको कार्य एवं संसदीय क्रियाकलापलाई गुणस्तरीय र प्रभावकारी तुल्याउन सङ्‍घीय संसद् तथा प्रदेश सभाका सदस्यहरूलाई अत्यावश्यक रहेको सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने लगायतका विषय समेटिएको छ ।

सङ्‍घ, प्रदेश र स्थानीय तहको उदाहरणीय विधायिकी अभ्यास तथा व्यवस्थापिकीय कार्य कुशलता आदान प्रदान गर्न सङ्‍घ, प्रदेश र स्थानीय तहका पदाधिकारी एवं कर्मचारीहरुबीच आवश्यकता अनुसार अन्तरक्रिया, छलफल तथा समीक्षा कार्यक्रमहरु आयोजना गर्ने नीति लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश अन्तर्गतका ९ जिल्लामा सभापति चयन गरेको छ । जसमा कतै पनि महिलाले नेतृत्व प्राप्त गर्न सकेनन् । जिल्ला अधिवेशनबाट नेतृत्व चयन भएको हो । जस अन्तर्गत रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सुनसरीमा सागर ...
। सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ । शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए। त्यसबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारको लागि बरहथवास्थित नगर अस्पताल पुर्‍याएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पुर्‍याएकामा बालकको आज बिहान ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन्। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहताले उक्त कुरा बताएकी हुन्। यस वर्षको विश्व खाद्य स्वच्छता दिवस ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको ...
। पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको छानबिनपछि सफाइ पाएर आफूले फेरि जिम्मेवारी पाउनेमा आशावादी देखिएका छन् । आइतबार रास्वपा गोरखाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई फेरि त्यही (गृहमन्त्री)कै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउने बताएका हुन् । ‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति ...
। भारतमा खाना पकाउने ग्यास (एलपीजी) को मूल्यमा फेरि वृद्धि भएको छ । शनिबार रातिदेखि लागु हुने गरी घरेलु एलपीजी प्रतिसिलिन्डर मूल्यमा २९ रुपैयाँ भारु वृद्धि गरिएको छ । यो वृद्धिसँगै आइतबारदेखि दिल्लीमा १४.२ किलोको घरेलु ग्यास सिलिन्डरको मूल्य ९४२ भारु पुगेको छ । पछिल्लो तीन महिनामा घरेलु ग्यासको मूल्य बढेको यो दोस्रो पटक हो । ...