मुख्य समाचार
खाद्यजन्य रोगहरू विश्वकै लागि गम्भीर जनस्वास्थ्य चुनौती
खाद्यजन्य रोगहरू विश्वकै लागि गम्भीर जनस्वास्थ्य चुनौती

। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन्।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहताले उक्त कुरा बताएकी हुन्। यस वर्षको विश्व खाद्य स्वच्छता दिवस ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने मूल नाराका साथ मनाइँदैछ।

आफ्नो शुभकामना सन्देशमा मन्त्री मेहताले खाद्यजन्य रोगहरू आजको विश्वका लागि गम्भीर जनस्वास्थ्य चुनौती बनेको उल्लेख गरेकी छन्।

विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनलाई उद्धृत गर्दै उनले भनिन्, ‘प्रत्येक वर्ष करिब ६० करोड मानिसहरू दूषित खानाका कारण बिरामी पर्ने र ४ लाख २० हजारले अकालमा ज्यान गुमाउनुपर्ने दुःखद वास्तविकता छ। त्यसैले, हामीले उपभोग गर्ने खाद्य पदार्थहरू भौतिक, रासायनिक र जैविक जोखिमबाट मुक्त हुन अनिवार्य छ।’

स्वच्छ खानपानको सुनिश्चिततामार्फत जनस्वास्थ्यमा सुधार ल्याउन नेपाल सरकार सदैव प्रतिबद्ध रहेको कुरामा उनले जोड दिएकी छन्। ऐन कार्यान्वयनका साथै सरकारले खाद्य परीक्षण प्रयोगशालाहरूको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यहरूलाई समेत तीव्रता दिएको मन्त्री मेहताले जानकारी दिइन्।

खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण शृङ्खलामा स्वच्छता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उनले असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएकी छन्। यस्ता अभ्यासहरूले बजारमा गुणस्तरीय खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई समेत कम गर्ने उनको विश्वास छ।

यस विशेष दिनले खाद्य शृङ्खलामा आबद्ध उत्पादक, व्यवसायी तथा उपभोक्ता लगायत सबै सरोकारवालाहरूलाई स्वच्छ खानपानको महत्त्व आत्मसात् गर्न र आ-आफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न प्रेरणा मिलोस् भन्दै मन्त्री मेहताले शुभकामना व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश अन्तर्गतका ९ जिल्लामा सभापति चयन गरेको छ । जसमा कतै पनि महिलाले नेतृत्व प्राप्त गर्न सकेनन् । जिल्ला अधिवेशनबाट नेतृत्व चयन भएको हो । जस अन्तर्गत रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सुनसरीमा सागर ...
। सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ । शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए। त्यसबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारको लागि बरहथवास्थित नगर अस्पताल पुर्‍याएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पुर्‍याएकामा बालकको आज बिहान ...
। सातै प्रदेश सभामा सङ्‍घ–प्रदेश समन्वय शाखा स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलनले यस्तो नीति तय गरेको हो । सम्मेलन पछ्चात सन्देशपत्र जारी गरिएको छ । जसको बुँदा नम्बर २ मा तहगत संसद् र सभाहरूबी प्रभावकारी सहकार्य र अन्तर–आवद्धताको विषय छ । यस अन्तर्गत अगाडि भनिएको छ, ‘सङ्‍घीय संसद्सँग समन्वय ...
। पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको छानबिनपछि सफाइ पाएर आफूले फेरि जिम्मेवारी पाउनेमा आशावादी देखिएका छन् । आइतबार रास्वपा गोरखाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई फेरि त्यही (गृहमन्त्री)कै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउने बताएका हुन् । ‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति ...
। भारतमा खाना पकाउने ग्यास (एलपीजी) को मूल्यमा फेरि वृद्धि भएको छ । शनिबार रातिदेखि लागु हुने गरी घरेलु एलपीजी प्रतिसिलिन्डर मूल्यमा २९ रुपैयाँ भारु वृद्धि गरिएको छ । यो वृद्धिसँगै आइतबारदेखि दिल्लीमा १४.२ किलोको घरेलु ग्यास सिलिन्डरको मूल्य ९४२ भारु पुगेको छ । पछिल्लो तीन महिनामा घरेलु ग्यासको मूल्य बढेको यो दोस्रो पटक हो । ...